जुम्लामा वडामै नुन पठाउने तयारी

सदरलाइन संवाददाता २ श्रावण २०८०, मंगलवार १४:०२
 

जुम्ला : जुम्लामा नुन सहजै नपाएको भन्दै डिपोमा तोडफोड भएपछि वडामा नुन पठाउन तयारी गरिएको छ । स्थानीय प्रशासनले नुनको व्यवस्थापन प्रभावकारी बनाउन वडामै पठाउने तयारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले डिपोमै तोडफोड भएको घटनाको विषयमा नेपाल साल्टट्रेनिङ कार्यालय जुम्लालाई बुझिएको र प्रभावकारी व्यवस्थापनका लागि वडामै वितरण गर्न निर्देशन गरिएको जानकारी दिए । उनले यो भन्दा पहिला पनि वडामा पठाउने निर्णय भइसकेकाले वडाबाटै वितरण गर्दा मानिसहरू जिल्ला सदरमुकाम आउनुपर्ने र सजिलो भएकाले वडामा नुन पठाउने तयारी गरिएको बताए ।

नेपाल साल्टट्रेनिङ कार्यालय जुम्लाका प्रमुख खगेन्द्रबहादुर मल्लले अब वडाको समन्वयमा वडामै वितरण गर्न कार्यान्वयन गर्ने बताए । उनका अनुसार लाइनमा लागेका व्यक्तिहरूले डिपोमा ढुङ्गामुढा गरेका थिए । नेपाल साल्टट्रेनिङ कार्यालय जुम्लामा प्रमुख खगेन्द्रबहादुर मल्लले नुन वितरण भइरहेको समयमा ढुङ्गामुढा भइरहेको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले नुन बाँडिरहेको समयमा अपुग भएको भन्दै आन्दोलन भएको र नागरिकलाई सहज नुन पाउने व्यवस्थापन गर्न स्थानीय सरकार सँगको समन्वयमा अगाडि बढाइने बताए ।


जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार नुनको अभाव खासै नभएको तर व्यवस्थापनका विषयमा ध्यान दिन ढिलाइ भएकाले स्थानीय तहले यस विषयमा जोड दिन आवश्यक रहेको छ ।

नेपाल साल्टट्रेनिङ कर्पोरेश जुम्लाका प्रमुख मल्लका अनुसार गत वर्ष जुम्लाका लागि दुई हजार पाँच सय क्विन्टल नुन स्वीकृत भएपनि भर्खरै मात्र दुई हजार ८० क्विन्टल नुन थप भएकाले अभाव देखिँदैन ।

हाल जुम्लाको सदरमुकाम खलङ्गामा भएको नेपाल खाद्य संस्थान कार्यालयबाट चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका, गुठिचौर गाउँपालिका, तातोपानी गाउँपालिका र तिला गाउँपालिकाका नागरिक आएर नुन वितरण गरिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा १० हजार ७ सय ९७ मुक्तकमैया पुनःस्थापित

२ श्रावण २०८०, मंगलवार १४:०२
बर्दिया : तात्कालीन सरकारले ०५७ साल साउन २ गते मुक्तकमैया घोषणा गरेयता बर्दियामा हालसम्म १० हजार ७ सय ३२ जनालाई पुनःस्थापित गरिएको छ । ०७६ सालमा कुल १० हजार ७ सय ९७ जनाले मुक्तकमैया परिचयपत्र प्राप्त गरेका थिए । त्यस समय सम्पर्कमा नआएका ६५ जना मुक्तकमैयालाई पुनःस्थापना गर्न सकिएको थिएन […]