राप्तीसोनारीमा निःशुल्क आँखा शिविर

सदरलाइन संवाददाता २० मंसिर २०८०, बुधबार १३:३८
 

राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिकामा आँखाका बिरामीहरुका लागि निःशुल्क मोतिबिन्दु छनोट तथा आँखा शिविर सञ्चालन हुने भएको छ ।

राप्तीसोनारी गाउँपालिकाको आयोजना र तिलगङ्गा शल्यक्रिया आँखा केन्द्र सिसहनिया दाङको प्राविधिक सहयोगमा बुधबार र बिहीबार दुई दिन पालिकाका विभिन्न स्थानमा निःशुल्क मोतिबिन्दु छनोट तथा आँखा शिविर सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिए ।
स्वास्थ्य शाखा प्रमुख केसीका अनुसार बुधवार वडा नं. ८ को पेरानी आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा वडा नं. ९ को महादेवपुरी स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ । त्यसैगरी, बिहिबार वडा नं. २ को कचनापुर स्वास्थ्य चौकी र वडा नं. ५ को बिनौना स्वास्थ्य चौकीमा निःशुल्क मोतिबिन्दु छनोट तथा आँखा शिविर सञ्चालन गरिने उनले जानकारी दिए ।

शिविरमा भेटिएका मोतिबिन्दुका विरामीहरुलाई तिलगङ्गा शल्यक्रिया आँखा केन्द्र सिसहनिया दाङ लगेर निःशुल्क रुपमै त्यसता बिरामीहरुको शल्यक्रिया गरी उपचार गरिने केसीले बताए ।


विशेषज्ञ चिकित्सकसहितका यस्ता शिविरले स्वास्थ्य सेवासँगको जनताको पहुँच स्थापित हुने गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले बताए । उनले गाउँपालिकाले स्वास्थ्य सेवालाई सबैको पहुँचमा ल्याउन प्रभावकारी ढङ्गबाट काम गरिरहेको पनि बताए ।

आफ्नै टोल तथा छरछिमेकमा हुने यस्ता शिविरले विशेषज्ञ सेवा लिन बजार धाउनुपर्ने अवस्थाको अन्त्य गरेको बताउँदै अध्यक्ष पौडेलले गाउँपालिकाले विभिन्न निकायसँगको सहकार्यमा विभिन्न रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्राविधिक विश्वविद्यालयमा आइटीमा आकर्षण

२० मंसिर २०८०, बुधबार १३:३८
नेपालगञ्ज : नेपालगञ्जमा स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयमा सूचना प्रविधि (आइटी) विषयप्रति विद्यार्थीको आकर्षण बढेको छ । आइटी विषयमा स्नातक तहमा भर्ना भएका पहिलो ब्याचका विद्यार्थीले यसको भविष्य तथा सम्भावना राम्रो भएको बताएका छन् । आइटी कोर्समा अध्ययनरत विद्यार्थीसँगको एक अन्तरक्रिया कार्यक्रममा सहभागीले रुचि र आकर्षण भएका कारण आफूहरू आइटी […]