नरैनापुरमा सोमवार पनि सार्वजनिक बिदा

सदरलाइन संवाददाता ११ मंसिर २०८०, सोमबार १२:५१
 

नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा सोमवार पनि सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाले कार्तिक पुर्णिमा स्नान मेलाको अवसरमा सोमवार सार्वजनिक बिदा दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिएका छन् ।


स्नान मेलाको अवसरमा सोमवार गाउँपालिका भरका कार्यालय, मातहतका सबै वडा कार्यालयहरु तथा शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिइएको बस्नेतले बताए ।

आइतबार पनि नरैनापुरमा गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहका दाइ मुस्लिम धर्मशास्त्रका ज्ञाता (पिर) नरैनापुर वडा नं २ निवासी ७८ वर्षिय शैयद मुस्ताक अहमद शाहको निधनको शोकमा शोक बिदा दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय निकुञ्ज जनमैत्री छैन : संघीय सांसद ढकाल

११ मंसिर २०८०, सोमबार १२:५१
नेपालगञ्ज : बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज जनमैत्री नभएको बाँके क्षेत्र नं.१ का सांसद सुर्य ढकालले बताएका छन् । बाँकेको बैजनाथ गाउँपालिका वडा नं.१ स्थित बाँके र बर्दियाका मध्यवति क्षेत्रमा बसोबास गर्ने स्थानीयसँग राष्ट्रिय निकुञ्जले पारेको प्रभावमा संघीय सांसदको भूमिका अन्तरसंवादमा बोल्दै ढकालले उक्त कुरा बताएका हुन् । ढकालले निकुञ्ज […]

सम्बन्धित