बाँकेकी प्रेसु मिस टिन इण्डियाको ग्रान्ड फिनालेमा

सदरलाइन संवाददाता २० श्रावण २०८०, शनिबार १४:२७
 

नेपालगञ्ज : बाँकेकी एक किशोरी भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने एली क्लब मिस्टर एन्ड मिस टिन इण्डियाको ग्रान्ड फिनालेका लागि छनोट भएकी छन् ।

नेपालगञ्ज निवासी १७ वर्षीय प्रेसुसिंह थारूले भारतको कानपुरमा पहिलो अडिशन र नयाँ दिल्लीमा भएको सेमिफाइनल चरण पार गर्दै ग्रान्ड फिनालेमा स्थान बनाउन सफल भएको उनकी आमा यामु बुढाक्षेत्रीले बताइन् । ग्रान्ड फिनाले आगामी भदौ २ गते नयाँ दिल्लीमा आयोजना हुने छ । त्यसअघि करिब एक साताको बन्द प्रशिक्षण सञ्चालन हुने छ ।


नेपालगञ्जको आदर्श माविमा अध्ययनरत प्रेसु सानैदेखि नृत्यमा सोखिन थिइन् । उनी नेपालगञ्जमा भएको नेपालगञ्ज रन वे सिजन–२ मा मोस्ट ब्युटिफुल र बेस्ट ड्रेसको अवार्ड जित्न सफल भएकी थिइन् । प्रेसुसिंहले मिस टिन इण्डियाको ग्रान्ड फिनालेका लागि छनोटमा परेपछि आफू निकै उत्साहित भएको जनाउँदै घरपरिवारको साथ र सहयोगकै कारण विभिन्न प्रतियोगिता र इभेन्टमा सहभागी हुने र सफलता पाउने गरेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनसांस्कृतिक महासंघ बाँकेको प्रथम सम्मेलन सम्पन्न

२० श्रावण २०८०, शनिबार १४:२७
नेपालगञ्ज : जनसांस्कृतिक महासंघ नेपाल बाँके जिल्लाको प्रथम सम्मेलन शनिवार सम्पन्न भएको छ । नेपालगञ्जस्थित महेन्द्र पुस्तकालयमा सम्पन्न सम्मेलनले अध्यक्ष पदमा गणेशा बिष्ट कार्की लगायतका १५ सदस्यीय जिल्ला कमिटि चयन गरेको छ । यस्तै उपाध्यक्षमा दुर्गा बहादुर भण्डारी, तारा कुमारी रोकाय, सचिव पदमा दीपेन्द्र केसी, सहसचिव पदमा सीमा घर्ती, कोषाध्यक्ष […]