नेपालगञ्जमा माघ २६ गतेदेखि औद्योगिक महोत्सव हुने

सदरलाइन संवाददाता ८ मंसिर २०८०, शुक्रबार १२:३६
 

नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघले आगामी २६ माघदेखि नेपालगञ्जमा १२ दिने औद्योगिक महोत्सव आयोजना गर्ने भएको छ ।

संघको बसेको बैठकले आगामी माघ २६ देखि फागुन ८ गतेसम्म नेपालगञ्ज महोत्सव–२०८० आयोजना गर्ने निर्णय गरेको प्रवक्ता डम्बरबहादुर चन्दले जानकारी दिए । कोरोनाकाल यता नेपालगञ्जमा संघले महोत्सव गर्न सकेको थिएन ।

बैठकले संघले नयाँ सदस्यताका लागि हालसम्म लिँदै आएको प्रवेश तथा वार्षिक सदस्यता शुल्क व्यापक रुपमा घटाइएको महासचिव भीमबहादुर रानाभाटले बताए । महासचिव रानाभाटका अनुसार साधारण सदस्यतर्फ एक लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको पूँजीमा प्रवेश शुल्क पाँच सय र वार्षिक सदस्यता शुल्क १ हजार १०० रुपैयाँ, २० लाख भन्दा माथि ५० लाख रुपैयाँसम्म प्रवेश शुल्क १ हजार र वार्षिक सदस्यता शुल्क २ हजार १०० र ५० लाख भन्दा माथिको पूँजीमा प्रवेश शुल्क १ हजार र वार्षिक सदस्यता शुल्क ३ हजार १०० समायोजना गरेको छ ।

यसअघि संंघको १ साउन २०७८ यता लागू गरेको साधारण सदस्यतर्फ पाँच प्रकारले प्रवेश शुल्कमा कम्तीमा ८०० रुपैयाँदेखि बढीमा ४ हजार रुपैयाँसम्म र वार्षिक सदस्यता शुल्क कम्तीमा ९०० रुपैयाँदेखि बढीमा ४ हजार ५०० रुपैयाँसम्म कायम रहेको थियो । एक लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म प्रवेश शुल्क ८०० र वार्षिक सदस्यता शुल्क ९००, ५ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म प्रवेश शुल्क १ हजार ३०० र वार्षिक सदस्यता शुल्क १ हजार ४००, १० लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म २ हजार ४०० प्रवेश शुल्क र २ हजार ५०० वार्षिक सदस्यता शुल्क, २० लाखदेखि ५० लाख रुपैयाँसम्म प्रवेश शुल्क ३ हजार ५०० र वार्षिक सदस्यता शुल्क ३ हजार ९००, ५० लाख भन्दा माथिको ४ हजार प्रवेश शुल्क र ४ हजार ५०० वार्षिक सदस्यता शुल्क कायम गरिएको छ ।


एशोसियट सदस्यतातर्फ प्रवेश शुल्कमा कम्तीमा ५० प्रतिशत कम गरिएको छ । त्यसैगरी एशोसियट सदस्यता शुल्क एक करोडभन्दा माथि जतिसुकै पूँजीको भए पनि प्रवेश शुल्क ३ हजार र वार्षिक सदस्यता शुल्क ५ हजार बनाइएको छ । यस अघि ५० लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्म ५ हजार प्रवेश शुल्क र ६ हजार वार्षिक शुल्क थियो । त्यस्तै एक करोड भन्दा माथिको पूँजीमा ६ हजार रुपैयाँ प्रवेश शुल्क र ७ हजार ५०० वार्षिक सदस्यता शुल्क थियो ।

सम्बद्ध सदस्यको हकमा भने प्रवेश शुल्क र वार्षिक सदस्यता शुल्क पाँच पाँच हजार गरिएको छ । सम्बद्ध सदस्यको शुल्क भने यथावत नै राखिएको हो । आगामी पौष समान्तसम्म विलम्व शुल्क नलिएर सदस्यता नविकरण गर्ने पनि निर्णय गरिएकोे छ ।

संघका अध्यक्ष टंकबहादुर धामी सदस्यतामा धेरै भन्दा धेरै उद्योगी व्यवसायीको पहुँच बृद्धि गर्न प्रवेश शुल्कमा ७९ प्रतिशतसम्म घटाएर समायोजन गरेको दाबी गरे । अध्यक्ष धामीले संघको सदस्यता शुल्क महंगो भयो भन्ने व्यापक रुपमा आएको गुनासोलाई सम्बोधन गर्न घटाएको बताए ।

त्यसैैगरी बैठकले नेपाल सरकारबाट सडक विभागको भोगाधिकार प्राप्त १० बिघा जग्गा पुनः प्राप्तीका लागि प्रक्रिया शुरु गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुर गाँउपालिकाका अध्यक्ष शाहको दाजुको निधन

८ मंसिर २०८०, शुक्रबार १२:३६
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलाई शोक परेको छ । अध्यक्ष शाहका दाजु शैयद मुस्ताक अहमद शाहको ७८ वर्षको उमेरमा बिहीवार राती ११ बजे भारतको मेक्स अस्पतालमा निधन भएको हो । दाजुको निधनपछि अध्यक्ष शाहले बुबा सरहको दाजु गुमाए पछि आफू पूर्ण रूपमा टुहुरो भए पनि […]