बाँकेलाई देशकै नमूना जिल्ला बनाउने : मन्त्री राई

२ पुष २०७५, सोमबार १८:००
 

सदरलाइनडटकम,
नेपालगञ्ज : शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले नेपालगञ्ज उप–महानगरपालिका र बाँके जिल्लालाई देशकै नमूना बनाउने अभियानमा आफु रहेको बताएका छन् ।
नेपालगञ्ज वडा नम्बर १३ उदयपुरस्थित नवनिर्मित स्वास्थ्य चौकी भवनको सोमवार उद्घाटन गर्दै मन्त्री राईले एक बर्षभित्रै नेपालगञ्ज र बाँके जिल्लाले विकासमा फड्को मार्ने दाबी गरे ।
कार्यक्रममा प्रदेशसभा सांसद विजय यादव र चिन्तावती कुर्मी, नेपालगञ्ज नगरपालिकाका मेयर डा. धवलशम्शेर राणा, डुडुवा गाउँपालिकाका प्रमुख नरेन्द्रकुमार चौधरी, नेकपाका नेता शकील खान, फोरम जिल्ला अध्यक्ष कमरुद्दिन राईलगायतको सहभागिता थियो ।

Next Post

सडक दुर्घटना हुँदा बाँकेमा दुईको मृत्यु

२ पुष २०७५, सोमबार १८:००
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका–५, जिगाउँमा भएको सडक दुर्घटनामा सुर्खेत लेकबेसी नगरपालिका–१ का बिक्रम गहतराज र गुर्भाकोट–१२ का मदन सुनारको मृत्यु भएको हो । सम्झाना चोक जाँदै गरेको बालज्योती बोर्डिङ् स्कुलको बा १ क ४४९५ नम्बरको बस र बाँसगढीबाट कोहलपुरतर्फ आउँदै […]