नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलाई शोक परेको छ । अध्यक्ष शाहका दाजु शैयद मुस्ताक अहमद शाहको ७८ वर्षको उमेरमा बिहीवार राती ११ बजे भारतको मेक्स अस्पतालमा निधन भएको हो ।
दाजुको निधनपछि अध्यक्ष शाहले बुबा सरहको दाजु गुमाए पछि आफू पूर्ण रूपमा टुहुरो भए पनि कर्तव्यबाट टुहुरो बन्न नमिल्ने बताए । उनले आफ्नो बाँकी जीवन जनताको सेवामा लगाउने बताए ।
शैयद मुस्ताक अहमद शाहको शनिवार विहान १० बजे नरैनापुर वडा नं. २ मा इस्लामिक संस्कार अनुसार अन्त्येष्टि हुने वडा नं. २ का अध्यक्ष मूसूद अहमद शाहले जानकारी दिए ।
यसैबीच नरैनापुर गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले अध्यक्ष शाहलाई परेको शोकप्रति समवेदना प्रकट गरेका छन् । शुक्रवार गाँउकार्यपालिकाको आपतकालीन बैठक बासी शोक प्रस्ताव पारीत गर्दै प्रमुख प्रशासकिय अध्यक्ष खरालले अध्यक्ष शाह प्रति समवेदना प्रकट गर्दै अध्यक्ष शाहका दाजुलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।