खजुरा क्यान्सर अस्पताल विकास समितिको प्रवक्तामा यादव

सदरलाइन संवाददाता २ चैत्र २०७८, बुधबार १४:१४
 

नेपालगञ्ज : बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको प्रवक्तामा सूर्यलाल यादवलाई नियुक्त गरिएको छ ।

क्यान्सर अस्पताल विकास समितिको मंगलबार बसेको बैठकले समितिका सदस्य यादवलाई अस्पताल विकास समितिको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।

समितिका अध्यक्ष किशोर थापाको अध्यक्षमा बसेको बैठकले अस्पतालको विकास तथा समितिसंगको समन्वय सहकार्य बढाउन बिभिन्न निर्णय गरेको हो ।


बैठकले अस्पतालमा आउने बिरामीलाई सुलभ सेवा प्रदान गर्न एमआरआई खरिद गर्ने, थप भवन निर्माणका लागि माग गर्ने, सदस्यहरुलाई सेवा शुल्कमा सुविधा प्रदान गर्ने, अस्पताल परिसरमा हाइमास्ट लाइट जडान गर्ने लगायतका निर्णय गरेको समितिका प्रवक्ता यादवले जानकारी दिए ।

यादवका अनुसार अस्पतालले थुप्रै कुराहरुमा व्यवस्थापन गर्ने र नयाँ ट्रेण्डहरु शुरु गर्न चाहिररहेको छ । यो अस्पताल पश्चिम नेपालकै क्यान्सर बिरामीहरुका लागि नयाँ गन्तव्य बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरा क्यान्सर अस्पतालमा पाठेघरको मुखको अप्रेशन शुरु

२ चैत्र २०७८, बुधबार १४:१४
नेपालगञ्ज : बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा ब्राकिथेरापी मेसिन जडानसँगै पाठेघरको मुखको क्यान्सरको अप्रेशन शुरु गरिएको छ । तीन करोड बढीको ब्राकिथेरापी मेसिन जडान गरिएपछि खजुरामा क्यान्सरका बिरामी आउने क्रम शुरु भएको छ । देशभरमै वीर अस्पताल र भरतपुर क्यान्सर अस्पतालपछि खजुरामा मात्रै ब्राकिथेरापी मेसिन रहेको छ । […]

ताजा अपडेट