बिवाद भए मनोनित नगरी अघि बढ्न एमाले अध्यक्ष ओलीको निर्देशन

२७ मंसिर २०७३, सोमबार १२:५६
 

उद्दघाटन सत्रपछि आईतबार थाती रहेको र विबादमा रहेका विषयलाई पुन नेतृत्वले सुल्झएमात्र बन्दशत्र सुरु गर्ने गरी असंतुष्ट समुहको तयारी रहेको बुझिएको छ ।

सदरलाइनडटकम
२७ मंसिर, नेपालगन्ज : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निजामति कर्मचारी संगठनको अधिवेशनमा प्रतिनिधि बिवाद भए मनोनितलाई थाँती राखेर अघिबढ्न निर्देशन दिएका छन् ।
नेपाल निजामती कर्मचारी संगठनको १० औं राष्ट्रिय अधिवेशनको नेपालगन्जमा उद्दघाटन गर्दै सो कुरा बताएका हुन । उनले भने–‘निजमति कर्मचारी संगठनले आधिकारीक टे«ड युनियनमा सानदार विजय हासिल गरे पनि प्रतिनिधि पठाउन नसक्नु राजनीतिक प्रतिनिधित्वको कमजोरीले होईन बाह्य कुराले गाँजेको छ । त्यस्ता कुराबाट नेतृतव टाढा रहनु आवश्यक हुन्छ ।’ उनले संगठनमा नेतृत्व चयनको पाटो अत्यन्त कमजोर रहेको बताएका छन् ।


उनले पार्टीमा कुनै गुट विषेशको अर्थ नरहेको भन्दै उनले भने–‘एमालेको नीति र विचारलाई मान्नेहरु किन गुटमा अल्झेर बस्ने । हिजो के भयो थाहा छैन अव त्यो हुदैन ।’ उनले राम्रो कामको समर्थन गर्न नसक्ने तर बिरोधी कै कित्तामा रहेर बिरोध गर्ने जिम्मेवारी विपक्षिको रहेको भएपनि गुटमा अल्झेर राम्रो कामको पनि बिरोध गर्ने काम सबैले तत्काल बन्द गर्न आग्रह गरे । उनले मनोनितमा विवाद आए मनोनित नगरिकनै अधिवेशन सम्पन्न गर्न सकिने उदाहरण पार्टीको महाधिवेशनमा भएको स्मरण गराउदै अनावश्यक विबाद नगरी अधिवेशन सम्पन्न गर्न निर्देशनसमेत दिए ।



उनले संगठनको प्रतिनिधि छनौटको विषयमा अनावश्यक विवाद नगर्न आग्रह गर्दै मनोनित नगरेर भएपनि संगठनको साखलाई बचाउदै संगठनको हितमा निर्णय गर्दै अघि बढ्न निर्देशन दिए । उनले निजमती कर्मचारीको जिम्मेवारी कर्मचारी तन्त्रमा रहेर पार्टीको नीतिलाई समर्थन गर्ने भएको मात्र भएकोले पनि होलटाईमरले जस्तो गरी अनावश्यक विवाद नगर्न आग्रह गरे ।
यस अघि संगठनको अन्तिम बैठकमा प्रतिनिधि मनोनयनको विषयमा अध्यक्षले एकलौटी गरी मनोनित गरेको भन्दै असन्तुष्ट पक्षले रोष्टम मै नाराबाजि गरेपछि निर्धारित समय भन्दा २ घण्टा ढिलो उद्दघाटन सत्र सुरु भएको थियो ।
नेपालगन्जको न्यूरोडमा रहेको होटल स्वस्तिकमा आईतबार साँझ बसेको केन्द्रीय बैठकमा राष्ट्रिय अधिवेशनमा प्रतिनिधित्व गर्ने मनोनित प्रतिनिधिका बारेमा अध्यक्ष मोहन घिमिरेले अञ्चलबाट र कुल संख्याको २ प्रतिशत प्रतिनिधि मनोनित गर्ने कुरामा एकलौटी नाम प्रस्तुत गर्न खोजेपछि बिबाद भएको थियो ।


बैठकमा सहभागि एक सदस्यले भने,‘अध्यक्षबाट एकलौटी रुपमा मनोनित गर्न खोजिए पछि विरोध भएको हो । संगठनको विधान बमोजिम हुनु पर्ने कुरालाई एकलौटी पेलेरै जान थालेको कारण हामीले बिरोध जनायौं ।’
राष्ट्रिय अधिवेशनमा प्रस्तुत हुने आर्थिक, सांगठनिक र विधानका विषयमा छलफल गरी अन्तिम निकास दिनुपर्ने बेलामा प्रतिनिधि मनोनित गर्ने विषयमा नै विबाद सुरु भएपछि अध्यक्ष घिमिरेले एकलौटी आफ्नो कुरा सुनाएर बैठकबाट बाहिरिएका थिए ।
संगठनका निवर्तमान अधयक्ष पुण्य ढकालले अध्यक्षले एकलौटी रुपमा पेलेर जान खोजे परिणम घातक हुने चेतावनी दिएका छन् । उनले भने,‘ अध्यक्षले एकलौटी पेलेर जान खोजे डटेर प्रतिकार गरीने छ । यसले अधिवेशनलाई पनि प्रभावित बनाउने छ ।’ उनले विधि र विधान बमोजिम मनोनित नभए कुनै कुरा मन्य नहुने बताए ।
उनले भने,‘विधि र विधान मिचेर जान खोजेपछि अव आधाआधा प्रतिनिधि भएमात्र मान्य हुुने छ नत्र कुनैपनि हालतमा मानिने छैन ।’ प्रतिनिधि छनौटमा पेलेर जान खोजे अधिवेशनलाई नै प्रभावित बनाउने र त्यसको सम्पूर्ण जिम्मेवारी अध्यक्ष घिमिरेको समुहले लिनु पर्ने तर्क राखे ।
अञ्चलबाट ४८ र २ प्रतिशतले मनोनित गरिनेमा १६ जना गरी जम्मा ६६ जना मनोनित हुने छन् । संगठनको विधान अनुसार श्रेणीविहीन, चालक, बहिदार लगायतकाबाट र आदिबासी जनजाती, पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गराउनको लागि मनोनित गर्नुपर्नेमा अध्यक्ष घिमिरेले बिधान मिचेर एकलौटी गर्न खोजेपछि विवाद भएको हो । उद्दघाटन सत्रपछि आईतबार थाती रहेको र विबादमा रहेका विषयलाई पुन नेतृत्वले सुल्झएमात्र बन्दशत्र सुरु गर्ने गरी असंतुष्ट समुहको तयारी रहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हाम्रो जित सुनिश्चित छ : केदार देवकोटा

२७ मंसिर २०७३, सोमबार १२:५६
नेपाल निजामती कर्मचारी संगठनको १० औं केन्द्रिय अधिवेशन २७ गतेदेखी नेपालगन्जमा जारी छ ।अधिवेशनमा अध्यक्ष उम्मेद्वारका प्रत्यासी केदार प्रसाद देवकोटा प्रतिनिधि विच आफ्नो कार्यकुशलता संगठनको हित र समग्र निजामती प्रशासन सुधारका लागि आफ्नो नेतृत्व अनिवार्य रहेको दावी गर्दछन्। विगत २५ वर्षदेखि निजामती कर्मचारी संगठनमा काम गरेको अनुभव र निजामती कर्मचारी […]

सम्बन्धित