पहिरोले एक्स्काभेटर पुरिँदा नेपालगञ्जका चालकको मृत्यु

सदरलाइन संवाददाता २९ श्रावण २०७९, आईतवार १३:५६
 

नेपालगञ्ज : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ३ मा पर्ने झुम खोलामा पहिराले एक्स्काभेटर पुरेको छ । जिँउ–जुफाल जोड्ने सडक निर्माण गर्ने क्रममा आइतबार बिहान एक्स्काभेटर पहिराले पुर्दा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका– १९ राँजा बस्ने ३० वर्षीय सुरज बसाल मगर रहेको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ ।


मेसिनमा च्यापिएर रहेको शव निकालेर पोस्टमार्टमका लागि सदरमुकाम दुनै लगिएको चौकीका प्रहरी नायव निरीक्षक रुद्रबहादुर शाहीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीका नवनियुक्त पर्यटनमन्त्री शाहीद्वारा शपथग्रहण

२९ श्रावण २०७९, आईतवार १३:५६
नेपालगञ्ज : कर्णाली सरकारका नवनियुक्त उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख तिलक परियारले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । शाही गत बिहीबार मन्त्रीमा नियुक्त भएका थिए । त्यसलगतै उच्च अदालत सुर्खेतले मन्त्रिपरिषद् गठन गर्दा समावेशी […]