बाँकेका चार क्याम्पसको स्ववियु नतिजा सार्वजनिक

सदरलाइन संवाददाता ६ चैत्र २०७९, सोमबार १३:१२
 

नेपालगञ्ज : बाँकेमा स्ववियु निर्वाचन सम्पन्न भएका चार क्याम्पसमध्ये दुई वटामा एमाले निकट अनेरास्ववियु तथा एक–एक क्याम्पसमा कांग्रेस निकट नेविसंघ र माओवादी निकट अखिल क्रान्तिकारीले जीत हासिल गरेका छन् ।

कोहलपुरको बागेश्वरी बहुमुखी क्याम्पस र खजुराको ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसमा अनेरास्ववियुले प्यानलसहित जीत हासिल गरेको छ । बागेश्वरीमा देवेन्द्रबहादुर बुढा र ज्ञानोदयमा विनयकुमार यादवको प्यानल नै निर्वाचित भएको हो ।

नेपालगञ्जको नर्सिङ क्याम्पसमा भने अखिल क्रान्तिकारी र नेविसंघको संयुक्त प्यानलबाट क्रान्तिकारीकी दिपिका सोनी अध्यक्षमा विजयी भएकी छिन् । सचिवमा भने अनेरास्ववियुकी देवार्चना अधिकारी विजयी भइन् ।


राप्तीसोनारीको फत्तेपुरस्थित जनसिद्धेश्वर बहुमुखी पब्लिक क्याम्पसमा नेविसंघकी निरा थारु विजयी भएकी छिन् । नेविसंघले नागरिक बिद्यार्थी समाज र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनसंग गठबन्धन गरेको थियो ।

यस क्षेत्रकै ठूलो महेन्द्र बहुमुखी क्याम्पसमा भने चैत्र ८ गते निर्वाचन हुने भएको छ । महेन्द्रमा नेविसंघका जीवनराज सुवेदी र अनेरास्ववियुका माधव खत्रीको प्यानलबीच मुख्य प्रतिष्पर्धा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर–सुर्खेत सडक स्तरोन्नति गरिने

६ चैत्र २०७९, सोमबार १३:१२
नेपालगञ्ज : कोहलपुर–सुर्खेत सडकखण्ड दुई लेनमा विस्तार गरिने भएको छ । रत्न राजमार्गको क्षेत्र निर्धारण र कार्यसूची (टीओआर) स्वीकृत भएसँगै वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) अन्तिम चरणमा पुगेको छ । सङ्घीय सडक विभागअन्तर्गत रहेको विकास सहायता कार्यान्वयन महाशाखाले राजमार्ग स्तरोन्नतिका लागि तयार पारिएको ईआईए प्रतिवेदनमाथि प्रभावित क्षेत्रका बासिन्दाको राय, सुझाव लिने […]