बाँकेमा आइतवार एकजनामा मात्र कोरोना पुष्टि

सदरलाइन संवाददाता २८ कार्तिक २०७८, आईतवार १४:३८
 

नेपालगञ्ज : बाँकेमा आइतवार थप १ जनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा ४७ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा २७ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै बागेश्वरी ल्यावमा २० नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।


आइतवार संक्रमण पुष्टि भएका व्यक्ति दाङका हुन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ३६ पुगेको छ ।

यस्तै आइतवार १ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ६६ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रोल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

२८ कार्तिक २०७८, आईतवार १४:३८
नेपालगञ्ज : रोल्पामा जीप दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आइतबार विहान साढे १० बजे रोल्पाको माडी गाउँपालिका वडा नं. २ घर्ती गाउँ नजिकै भएको जीप दुर्घटनामा चालकसहित तीन […]