सदरलाइनडटकम,
नेपालगञ्ज : राष्ट्रिय वाणिज्य बैंकको ५५ औं स्थापना दिवसका अवसरमा प्रदेश नंं. ५ का बिभिन्न शाखाहरुमा साताव्यापी कार्यक्रमको आयोजना भइरहेका छन् । रक्तदान, प्रभातफेरी, वित्तीय पहुँच र साक्षरता, सामाजिक उत्तरदायित्व बहनका बिभिन्न कार्यक्रम गरी बैंकलाई जनताको प्रत्यक्ष पहुँचमा पुर्याउने काम भइरहेको प्रदेश नंं ५ का प्रमुख आनन्द सुवेदी बताउँछन् ।
प्रदेश नं. ५ मा राष्ट्रिय वाणिज्य बैंक उत्कृष्ट बैंककारुपमा रहेको छ । यसको नेतृत्व गरिरहेका सुवेदीले बिभिन्न सिर्जनात्मक अभियानलाई तिव्रता दिँदै बैंकलाई उत्कृष्ट बनाउन प्रभावकारी भूमिका खेल्दै आएका छन् । स्थापना दिवशकै अवसरमा शनिवार नेपालगञ्जमा पञ्चेवाजासहित प्रभातफेरी आयोजना गरिएको छ । बैंकका कर्मचारी, शुभेच्छुकले नेपालगञ्ज नगर परिक्रममा गरेका थिए ।
प्रभातफेरीलाई सम्बोधन गर्दै प्रदेश प्रमुख सुवेदीले बैंकलाई उत्कृष्ट बनाउँदै जनतासम्म पुर्याउन लाग्नुपर्नेमा जोड दिएका छन् । पूर्ण सरकारी स्वामित्वमा स्थापित नेपालको दोस्रो पुरानो र सबैभन्दा ठूलो वाणिज्य बैंक हो ।