सदरलाइनडटकम,
कोहलपुर (बाँके) : कोहलपुर औद्योगिक ब्यापार कृषि फुडफेस्टिभल तथा पर्यटन महोत्सवमा पिङ्गबाट लडेर दुई जनालाई गम्भिर चोट लागेको छ ।
पिङ्ग खेल्नेक्रममा पिङ्गबाट खसि सुर्खेत चिगाड गाँउपालिका बस्ने १७ बर्षीया निर्मला चन्द र बैजनाथ गाँपालिका वडा नं. ७ बस्ने १५ बर्षिया संगिता बस्नेतलाई गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालले कोहलपुरले जनाएको छ ।
घाइतेहरुमा अञ्जली बम, ऐन बहादुर बोगटी र बरुणा कटुवाल रहेका छन् । उनीहरुलाई उपचारकालागि कोहलपुर शिक्षण अस्पताला भर्ना गरिएको छ । ब्यवस्थापनको लापरवाहीका कारण दुर्घटना भएको सर्बसाधारणले आरोप लगाएका छन् ।
