भूकम्पका घाइतेका लागि भेरीमा मनोसामाजिक उपचार शुरु

सदरलाइन संवाददाता २१ कार्तिक २०८०, मंगलवार १३:५९
 

नेपालगञ्ज : भेरी अस्पतालमा उपचाररत भूकम्पका घाइते बिरामीहरुका लागि मनोसामाजिक परामर्श र उपचार सेवा दिन थालिएको छ । जिल्ला आपत्तकालीन कार्यसंचालक केन्द्र बाँकेका अनुसार मनोसामाजिक परामर्श र उपचारका लागि मानसिक रोग जनशक्ति व्यवस्थापन गरिएको छ ।

भेरी अस्पतालमा उपचाररत भूकम्पबाट घाइते शारीरिक चोट र परिवारका सदस्यहरु गुमाएका बिरामी, परिवार र कुरुवाहरुका लागि मनोसामाजिक परामर्श र उपचार गर्न मानसिक रोग विशेषज्ञ र मनोसामाजिक परामर्श तालिम प्राप्त २ जना चिकित्सक र १ जना नर्सको ब्यवस्था गरिएको केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।


त्यसका लागि अस्पतालका कन्सल्ट्यान्ट साइक्रयाट्रिक डा. लीला देवकोटा, डा.प्रदीप रेग्मी, मनोसामाजिक परामर्शदाताका रुपमा कमला डाँगीलाई जिम्मेवारी तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हात्तीबाट खेतबाली बचाउन मौसमी विद्युतीय तारबार

२१ कार्तिक २०८०, मंगलवार १३:५९
बर्दिया : जंगली हात्तीबाट खेतीबालीसँगै मानवबस्तीमा क्षति रोक्न मौसमी विद्युतीय तार जडान गरिएको छ । बर्दियाको मधुवन नगरपालिका–२ रजवरामा विद्युतीय तार जडान भएपछि यस क्षेत्रमा जंगली हात्तीबाट हुने बालीनाली क्षति न्यूनिकरण भएको छ । बाँसको पोल, पीभीसी पाइपको इन्सुलेटर र जीआई तार प्रयोग गरी तारबार निर्माणमा स्थानीय किसानलाई तालिम दिइएको […]