तेजविक्रम शाह मेची–महाकाली यात्रामा

सदरलाइन संवाददाता १५ श्रावण २०७८, शुक्रबार १६:२२
 

नेपालगञ्ज : कोभिड–१९ बाट ज्यान गुमाउने नागरिकहरुप्रति समर्पित महाकाली–मेची शान्ति साइकल यात्रा–२०७८ को लागि बाँकेमा तेज विक्रम शाह जाने भएका छन् ।

शुक्रवार नेपालगञ्जमा पत्रकार सम्मेलन गरी आफूले विश्वभर कोभिड–१९ को महामारीबाट ज्यान गुमाउनेहरुको आत्मा चिरशान्तिका लागि उक्त महामाली–मेची यात्रा गर्न लागेको बताए ।

कोभिड–१९ बाट विश्वभर ज्याद गुमाएकाहरुको आत्माको चिरशान्तिका लागि शाहले साउन १८ गतेदेखि महाकालीबाट साईकल यात्रा गर्ने भएका छन् ।

उक्त साईकल यात्राका लागि रुट समेत तय गरिएको छ । दोधारा चाँदनी–टिकापुर १ सय ३५ किलोमिटर, टिकापुर–नेपालगन्ज ८० किलोमिटर, नेपालगन्ज–लमही १ सय २७ किलोमिटर, लमही–चन्द्रौटा ६० किलोमिटर, चन्द्रौटा–बुटवल ९५ किलोमिटर, बुटवल–कावासोती ८५ किलोमिटर, कावासोती–हेटौडा १ सय ६ किलोमिटर, हेटौडा–लालबन्दी, सर्लाही १ सय ४ किलोमिटर, लालबन्दी–बर्दिबास १ सय ३० किलोमिटर, बर्दिबास–कोशी ब्यारेज १ सय २६ किलोमिटर, कोशी ब्यारेज–विर्तामोड, मेची पुल १ सय ३० किलोमिटरको साइकल यात्रा ११ दिनको हुने बताए ।


उक्त महाकाली– मेची साइकल यात्रा गर्ने शाह बाँकेको पहिलो व्यक्त हुने छन् । पत्रकार सम्मेलतमा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलशम्शेर राणा, अतिथिहरुमा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, नेपालगञ्ज उपमहानगरपालिका उपमेयर उमा थापामगर, एचसिआरसीका डा. कुमारसान शाहले साईकल यात्री शाहलाई शुभकामना दिएका थिए ।

सम्मेलन नेपालगन्ज साईक्लिङ्ग क्लबका अध्यक्ष गगन थापाको अध्यक्षतामा सम्पन्न गरिएको थियो भने सञ्चालन क्लबका सुरेन्द्रदीप कार्कीले गरेका थिए ।

सम्मेलनमा क्लबका उपाध्यक्ष लभराज श्रेष्ठ, सतिश निरौला लगायतको सहभागिता रहेको थियो । बाँकेमा साइकल चलाउनेको संख्या दिनप्रति दिन बढ्रदो रहेको छ । शहरमा साइकलको क्रेज बढेको छ । यो यात्राले साइकल संस्कृतिलाई बढावा दिने विश्वास बाँकेबासीले लिईएको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकार भनी रकम असुल्ने दुई बाँके प्रहरीको नियन्त्रणमा

१५ श्रावण २०७८, शुक्रबार १६:२२
नेपालगञ्ज  :  बाँकेमा क्रियाशिल पत्रकारलाई नेपाल पत्रकार महासंघ बाँकेले पत्रकार आचारसंहिता भित्र रहेर आफ्नो सञ्चार कर्म गर्न विज्ञप्ती मार्फत अपील गरेको छ । शुक्रबार महासंघ बाँकेका सचिव कमल डाँगीद्वारा जारी विज्ञप्तीमा सो अपिल गरेको हो । आफुलाई पत्रकार हौं भन्दै पैसाको बार्गेनिङ्ग गरेको अभियोगमा २ जनालाई बाँके प्रहरीले पक्राउ गरेपछि […]