कोहलपुर कोल्ड कप प्रतियोगिताको मुख्यमन्त्री चौधरीद्वारा उदघाटन

सदरलाइन संवाददाता १५ कार्तिक २०८०, बुधबार १६:३०
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्लीबहादुर चौधरीले कोहलपुर मुख्यमन्त्री गोल्ड कप प्रतियोगिताको उदघाटन गरेका छन् । मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले खेलकुदको विकास पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।

त्यसै गरी मुख्यमन्त्री चौधरीले सबै जात जाति र सबै धर्महरुको सम्मान गर्न आवश्यक रहेको औल्याएका छन् । चौधरीले कोहलपुरमा हुने गोल्डकपलाई आगामी बर्षदेखि नियमित सञ्चालन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । उनले स्थानीय तहबाट आउने हरेक सकारात्मक योजनामा प्रदेशको साथ रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले लुम्बिनी प्रदेशलाई बिश्वभरि पहिचान गराउन पनि खेलकुद क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बताए । उनले खेलकुदको माध्यमबाट मानव जीवन नै स्वस्थ र अनुशासित राख्न मद्दत गर्ने उल्लेख गरे ।


प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रसाद भट्टराईले प्रदेश सरकारले रातो किताबमा बजेट विनियोजन गरी प्रतियोगितालाई दीर्घकालीन रूपमा सञ्चालन गर्नमा सहयोग गर्ने यहाँको खेल मैदानलाई व्यवस्थापन गर्न आर्थिक सहयोग गर्ने बताएका छन् ।

यस्तै कोहलपुर नगरपालिकाका प्रमुख पुर्णप्रसाद आचार्यले स्थानीय सरकार खेलकुदको बिकासको निम्ति निरन्तर लागिरहेको बताए । उनले तेर्ह बिगाहा खेलमैदानको प्याराफिटको लागि आवश्यक बजेट बिनियिजन गरिएको समेत जानकारी गराएका छन् ।

उक्त फुटवल प्रतियोगितामा कूल आठ समुह सहभागि रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जबाट १० जना जुवाडे पक्राउ

१५ कार्तिक २०८०, बुधबार १६:३०
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–२ बस्ने ३२ वर्षीय रमेश साहुको घरमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । नेपालगञ्ज बस्ने दाङ घोराही उपमहानगरपालिका–१५ घर भएका २८ वर्षीय राजकुमार वली समेत १० जना बुधबार राति पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८९ हजार ६ […]