नेपालगन्जमा अपायक स्थानमा जेब्रा क्रशिङ्ग, बाटो पार गर्नेलाई झन सास्ती

२३ पुष २०७४, आईतवार १७:१४
 

सदरलाइनडटकम 
२३ पुस, नेपालगन्ज : नेपालगन्जको सुर्खेतरोडको फेरलेन सडकमा अपायक ठाँउमा राखिएका जेब्रा क्रशिङ्गका कारण सडक पार गर्ने पैदल यात्रुलाई झन असहज भएको छ ।
सहजता पूर्वक सडक वारपार गर्न बनाइएको जेब्रा क्रसिङ चिन्ह पायक पर्ने ठाउँमा नबनाउँदा सडक वारपार गर्न असहज भएको नेपालगन्ज उप–महानगरपालिका–५, फुलटेक्राका एजाज सल्मानीले बताए । उनले जेब्रा क्रशिङ्ग भएको ठाँउमा रहेको फलामे रैलिङ्ग तत्काल हटाउन आग्रह गरे ।
उनले भने–‘जेब्राक्रस चिन्ह भएको ठाउँबाट सडक पार गर्दा सजिलो हुने भएपनि नेपालगन्जमा भने असजिलो हुने गरेको छ । हेर्नुहोस न सडक पेटीमा फलामे बार (रेलिङ) भएकोले जेब्रा क्रसिङ भएर सडक वारपार गर्न असहज भएको हो । की जेब्रा क्रशिङ्ग अनेत्र सार्नु प¥यो की जेब्रात्रशिङ्गमा भएको फलामेबार हटाउनु प¥यो ।’
उनले जेब्रा क्रसिङ भएको ठाउँको सडक पेटीमा फलामे बार (रेलिङ) लगाइएको बताउदै सडक पेटीबाट जाने ठाउँ नै नभएको ठाँउमा ज्रेबा क्रसिङ राखेर पैदल यात्रुलाई सास्ती दिन खोजेको आरोप लगाए ।
नेपालगन्जको पुष्पलालचोक, धम्बोझीचोक, विपीचोमा जेब्रा क्रसिङ भएको ठाउँका सडक पेटीमा रेलिङ (बार) लगाएको कारण पैदल यात्रु सडक वारपार गर्दा झुक्किने गरेको नेपालगन्ज उपमहानगरपालिका–१२ का मो.ऐश ठकुराईले बताए । उनले असहज ठाउँमा बनाइएकोले सर्वसाधारणले जेब्रा क्रसिङ प्रयोग नगरेको बताए । जेब्रा क्रसिङ भएको ठाउँमा बार भएका कारण जेब्रा क्रसिङ नभएको ठाउँबाट सडक वारपार गरेको उनले बताए ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक होमबहादुर थापाले जेब्रा क्रसिङ भएको ठाउँ खुल्ला हुनुपर्ने बताए । उनले जेब्रा क्रसिङ भएको ठाउँमा रेलिङ लगाउन नहुने बताए । जेब्रा क्रसिङ भएको ठाउँको सडक पेटीमा बनाएको रेलिङ हटाउन सडक डिभिजन कार्यालयलाई जानकारी गराएको उनले बताए । ‘पैदल यात्रुलाई सास्ती भएकोले जेब्रा क्रसिङ भएको ठाउँमा बनाइएका रेलिङ हटाउन सडक डिभिजन कार्यालयलाई आग्रहसहितको परिपत्र गरिएको छ’ उनले भने ।
उचित ठाउँमा जेब्रा क्रसिङको ब्यवस्था नगरेपछि बालबालिका, बृद्धबृद्धा, महिला, शारिरीक अशक्तहरु प्रत्यक्ष मारमा परेको पाइएको छ । जेब्राक्रस चिन्ह भएको ठाउँमा रेलिङ लगाइएपछि घुमेर जेब्रा क्रसिङमा जानुपर्ने बाध्यता सिर्जना भएको दावी गर्दै नेपालगन्ज–१० कि पुजा मगर भन्छिन– ‘सर्वसाधारणको सहजताका लागि बनाइएको जेब्रा क्रसिङ चिन्हले द्विविधा सिजर्ना गरेको छ । यसले पैदल यात्रुलाई सडक वारपार गर्न सहज होवस् भन्ने उद्देश्यले सडकमा जेब्रा क्रसिङको ब्यवस्था गरिएको भए पनि जेब्रा क्रसिङ चिन्ह भएको स्थानमा फलामे बार हुनु र सवारी चालकले सवारी साधन विस्तारै चलाउने भन्दा हुईकाउदै लैजाने गरेकोले यो राख्नु नराख्नु अर्थहीन छ ।’
जेब्रा क्रसिङ अति ब्यस्त सडकमा बनाइन्छ र, यात्रुले जेब्रा क्रसिङ चिन्ह स्पष्ट देखिने गरि बनाउनु पर्छ तर, नेपालगन्ज–कोहलपुर चार लेन सडक अन्तरगत नेपालगन्जमा बनाइएका जेब्रा क्रसिङ चिन्ह पैदल यात्रुलाई सहजता भन्दा सास्ती दिएको छ । 


 

Next Post

उप–महानगरपालिकाद्वारा जेष्ठ नागरिकलाई कम्वल बितरण

२३ पुष २०७४, आईतवार १७:१४
सदरलाइनडटकम  २३ पुस, नेपालगन्ज : अत्याधिक चिसो बढेपछि नेपालगन्ज उप–महानगरपालिकाले युनिसेफको सहयोगमा जेष्ठ नागरिकलाई लक्षित गरी न्यानो कपडा वितरण गर्न सुरु गरेको छ । त्यसक्रममा आईतबार नेपालगन्ज–२२ पुरैनीमा जेष्ठ नागरिकलाई कम्वल वितरण गरेको हो । एक हप्तादेखि जारी अत्याधिक चिसोबाट बृद्धबृद्धाहरुलाई जोगाउन कम्वल वितरण गरेको उप–महानगरपालिकाले जनाएको छ । लोपोन्मुख […]