एसईईको नतिजा प्रकाशित

सदरलाइन संवाददाता २३ श्रावण २०७८, शनिबार १७:४७
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणका कारण प्रभावित माध्यमिक शिक्षा परीक्षा(एसईई) को नतिजा प्रकाशन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईईको नतिजा शनिवार सार्वजनिक गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने गरी नतिजा प्रकाशन गरेको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो ।

देशभरबाट ५ लाख १७ हजार विद्यार्थीले एसईई दिएका थिए । बोर्डले २०७७ सालको नियमित तथा ग्रेडबृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९, आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्नसक्ने र नेपाल टेलिकममार्फत १६०० एनसेलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।


त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थानबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि, इडियु संजाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ ।

परीक्षार्थीले www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np, www.ekantipur.com, www.ncell.axiata.com बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट भेरी अस्पतालमा तीन जनाको मृत्यु

२३ श्रावण २०७८, शनिबार १७:४७
नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप तीन जनाको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा दुईजना पुरुष र एकजना महिलाको मृत्यु भएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिका फोकलपर्सन तेज ओलीका अनुसार संक्रमणका कारण लुङग्री गाउँपालिका ६ रोल्पाका ५८ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका १५ दाङका ४५ वर्षीय […]

सम्बन्धित