दोस्रो मैत्रीपूर्ण फुटवल २–१ गोल अन्तरले भारतको पोल्टोमा

सदरलाइन संवाददाता २० भाद्र २०७८, आईतवार १९:३०
 


काठमाडौं  : भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेल २–१ ले आफ्नो पोल्टोमा पारेको छ । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा हार ब्यहोरेको हो ।

भारतलाई जित दिलाउन ६३ औं मिनेटमा फारुख चौधरी र ८० औं मिनेटमा कप्तान सुनील क्षेत्रीले गोल गरेका थिए । नेपालका तेज तामाङले ८६ औं मिनेटमा सान्त्वना गोल फर्काए ।


यसअघि नेपाली खेलाडिको मनोबल बढाउन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली दशरथ रंगशाला पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या

२० भाद्र २०७८, आईतवार १९:३०
संखुवासभा   :  संखुवासभाको मादी नगरपालिका-१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ । सोमबार राति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी जानकारी दिए । साेमबार बिहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर […]

सम्बन्धित