वेस्टन हस्पिटल नेपालगञ्जले १६ बेडको कोभिड डेलिकेटेड वार्ड संचालनमा ल्यायो

सदरलाइन संवाददाता ६ जेष्ठ २०७८, बिहीबार १८:२८
 


नेपालगञ्ज  : नेपालगञ्जमा सञ्चालनमा रहेको बेस्टन हस्पिटल प्रालिले १६ बेडको कोभिड डेलिकेटेड वार्ड संचालनमा ल्याएको छ । यसअघि कोभिड–१९ को महामारी फैलिदै गएपछि २०७८ वैशाखको पहिलो सातादेखि नै ४ बेडको कोभिड वार्ड संचालन गरी कोभिडका संक्रमित बिरामीहरुलाई शल्यक्रिया सहितको उपचार सेवा दिदै आएकोमा बुधबारदेखि कोभिड डेलिकेटेड वार्डको बेड थपेर १६ पुराएको हो ।

अस्पतालका प्रबन्ध निर्देशक डा. राहुल थापाले एक प्रेस नोट जारी गर्दै सो जानकारी दिएका हुन । उनले जारी गरेको प्रेसनोटमा दोस्रो भेरियन्टको कोरोना संक्रणको अबधिमा अस्पतालले अर्थाेपेडिक र ट्रमा सम्बन्धी १३ वटा, जनरल सर्जरीका ३ वटा र प्रसुती तथा स्त्रीरोगसँग सम्बन्धित २ वटा गरी १८ जना संक्रमितलाई शल्यक्रिया सहितको उपचार सेवा दिएको उल्लेख छ ।

पछिल्ला दिनहरुमा संक्रमितको संख्या बढ्दै गएपछि ४ बेडले संक्रमित बिरामीको चाप धान्न नसक्ने अबस्था सृर्जना भएकाले जेठ ५ गतेबाट बेड संख्या ४ बाट बढाएर १६ बेडको कोभिड डेलिकेटेड वार्ड संचालनमा ल्याएको डा. थापाले जनाएका छन ।


कोभिड डेलिकेटेड वार्ड संचालन भएपछि यस क्षेत्रका अर्थाेपेडिक, ट्रमा, जनरल सर्जरी र प्रसुती तथा स्त्रीरोगसँग सम्बन्धित संक्रमितलाई शल्यक्रिया सहितको उपचार सेवा पाउन थप सहज हुने अपेक्षा गरिएको छ । सो अस्पतालको अर्थाेपेडिक र ट्रमा बिभागमा डा. बिनोद थापा, डा. किरन गुरुङ, डा. बसन्त सापकोटाले बिरामीहरुको उपचार गर्दै आएका छन् ।

त्यसैगरी जनरल सर्जरी बिभागमा डा रुपानन्द अधिकारी, डा. प्रबिन गुप्ता, र डा धु्रब शाहले उपचार सेवा दिदै आएको छ भने स्त्री तथा प्रसुतिरोगसँग सम्बन्धित बिरामीहरुलाई डा कल्पना थापा, एनेसथेसिया र क्रिटिकल केयर सहितको उपचार डा. निर्मल ज्ञवाली र डा. पारस पाण्डेले गर्दै आएका छन् ।

कोभिड डेलिकेटेड वार्ड संचालनमा आएपछि संक्रमितलाई नेपालगञ्ज मै सहज रुपमा शल्यक्रिया सहितको गुणस्तरिय उपचार सेवा पाउन सहज हुने बिश्वास गरिएको अस्पतालका प्रबन्ध निर्देशक डा. थापाद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा १५ जनाको ज्यान गयो

६ जेष्ठ २०७८, बिहीबार १८:२८
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप १५ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ७ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेका ८ जना, सल्यान र कैलालीका २/२ जना तथा बर्दिया, प्युठान र दाङका १/१ जना छन् । मृत्यु हुनेमा २५ […]

सम्बन्धित