धारिलो हतियार प्रहारबाट युवक घाइते

सदरलाइन संवाददाता ३० कार्तिक २०८०, बिहीबार १४:०१
 

नेपालगञ्ज : बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन् ।

विकलाई बिहीवार बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनलाई घर नजिकै पछाडिबाट अज्ञात व्यक्तिले टाउको तथा शरीरका अन्य भागमा धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।


घाइते विकको नेपालगञ्जस्थित नर्सिङहोममा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताए । हतियार प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा गणेश–लक्ष्मी मूर्ति विसर्जनका लागि रुट निर्धारण

३० कार्तिक २०८०, बिहीबार १४:०१
नेपालगञ्ज : तिहारमा नेपालगञ्जमा राखिने गणेश र लक्ष्मीको मूर्ति विसर्जन कार्यलाई सदभाव र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न धार्मिक सद्भाव समिति बाँकेले वडा प्रहरी कार्यालय नेपालगन्जसँग छलफल गरेर विसर्जनको बाटो निर्धारण गरेको छ । नेपालगञ्जको धार्मिक सदभावलाई कायम राख्दै मूर्ति विसर्जन कार्यलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सुरक्षा निकायसँग छलफल गरेर विसर्जनको […]