१५ हजार घुससहित विद्युतका ईञ्जिनियर, सुपरभाईजर र सहयोगी परे अख्तियारकाे फन्दामा

२६ बैशाख २०७५, बुधबार २०:११
 

सदरलाइनडटकम
२६ बैशाख, नेपालगन्ज  : अख्तियार दुरुपयोग अनुसंधान आयोगको सम्पर्क कार्यालय कोहलपुरले नेपाल विद्युत प्राधिकरणका ईलेक्टिकल ईञ्जिनियरसहित तीन जनालाई सेवाग्राहीसंग घुस लिएको अभियोगमा रंगेहात पक्राउ गरी अनुसंन्धान सुरु गरेको छ ।
कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले दिएको जानकारी अनुसार बुधबार दिउसो करिव ३ बजेतिर नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका ईलेक्टिकल ईञ्जिनियर निसार अहमद खान, ईलेक्टिकल सुपरभाईजर विक्रान्त शुक्ला र सहयोगी गिरवरलाल धोबीलाई सेवाग्राहीबाट १५ हजार रुपैया घुस लिदै गर्दा रंगेहात पक्राउ गरेको हो ।
पक्राउ परेका तीनैजनाले सेवाग्राहीलाई मिटर जडान गरिदिने, नामसारी गरिदिनको लागि भन्दै १५ हजार रिश्वत घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसंधान आयोगको सम्पर्क कार्यालय कोहलपुरको टोलीले नियन्त्रणमा लिन सफल भएको हो ।
प्रहरी उपरीक्षक कार्कीले पक्राउ परेका तीनै जना उपर आवश्यक अनुसंधान भईरहेको जानकारी दिए । उनले केहिदिन अघिमात्र औषधि व्यवस्था विभाग नेपालगन्जमा पनि स्टींग अपरेशन गरी एकजना फर्मासिस्टलाई रंगेहात पक्राउ गर्न सफल भएको जनाए ।

Next Post

प्रादेशिक बजेटका बिषयमा छलफल

२६ बैशाख २०७५, बुधबार २०:११
सदरलाइनडटकम २६ बैशाख, नेपालगन्ज : प्रदेश नम्बर ५ को आगामी आर्थिक वर्षको बजेटका बिषयमा प्रदेशिक आर्थिक मामिला मन्त्रालय र प्रदेश योजना आयोगले नेपालगन्जमा ब्ुधवार छलफल गरेको छ । छलफलमा नेपालगन्जका उद्योगी व्यवसायीहरुले बांकेलाई आर्थिक क्षेत्रका रुपमा स्थापित गर्न माग गरेका छन् । उनीहरुले प्रदेशको बजेटलाई प्राथमिकता दिन पनि आग्रह गरे […]