नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–२ बस्ने ३२ वर्षीय रमेश साहुको घरमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।
नेपालगञ्ज बस्ने दाङ घोराही उपमहानगरपालिका–१५ घर भएका २८ वर्षीय राजकुमार वली समेत १० जना बुधबार राति पक्राउ परेका हुन् ।


वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८९ हजार ६ सय ३६ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।