२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

शनिवार काग तिहार मनाईंदै



नेपालगञ्ज : शनिवार कागतिहार मनाईंदै छ । कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइने गरिन्छ ।

यस्तै, शनिवार कात्तिक कृष्ण त्रयोदशीका दिन बेलुकी यमदीप दान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीप दान गर्ने शास्त्रीय विधि छ ।

यस वर्ष तिथिको घटबढका कारण आइतवार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । गाईपूजा सोमवार परेको छ ।

गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलीपूजा र आत्म अर्थात् म्हपूजा मङ्गलवार परेको छ । कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र म्हपूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । भाइटीका बुधवार परेको छ ।

बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : २०८० कात्तिक २५ गते शनिबार
ताजा समाचार