२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

बाँकेका सहायक प्रजिअ केसीको बिदाई



नेपालगञ्ज : कर्मचारी मिलन केन्द्र बाँकेले सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीलाई बिदाई गरेको छ । केसी हालै मुगुको प्रमुख जिल्ला अधिकारी भएर सरुवा भएका हुन् । उनको ठाउँमा लालबहादुर गुरुङ सरुवा भएर बाँके आएका छन् । केन्द्रले गुरुङलाई पनि स्वागत गरेको छ ।

बाँकेको धार्मिक साँस्कृतिक र पर्यटकीय झलक सहितको मायाको चिनो उपहार दिएर खादा तथा मालासहित स्वागत तथा बिदाई गरिएको केन्द्रका उपाध्यक्ष गोविन्द पाण्डेले जानकारी दिए ।

सो क्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, कर्मचारी मिलन केन्द्र बाँकेका अध्यक्ष खडानन्द अधिकारी, उपाध्यक्ष पाण्डे तथा मिलन केन्द्रका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख तथा सदस्य लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०८० कात्तिक २२ गते बुधबार
ताजा समाचार