बाँकेमा १६ लाख बढीको अवैध सामान बरामद

सदरलाइन संवाददाता २७ आश्विन २०८०, शनिबार १४:३४
 

नेपालगञ्ज : बाँकेको विभिन्न स्थानबाट सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण तथा गण मातहत युनिटले करीव १६ लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीका विभिन्न सामान बरामद गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका १५ जमुनाहबाट असोज २५ गते भारतबाट अवैध रुपले ल्याउँदै गरेको करीव १० लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरिएको हो ।

यसैगरी नेपालगञ्ज उपमहानगरपालिका १६ चौलिका चोकबाट असोज २५ गते करीव ४ लाख ८१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद भएको छ ।

भारतबाट अवैध रुपले अटो रिक्सामा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको लत्ताकपडा, किराना सामान र सुर्तीजन्य पदार्थ नं. ३० बागेश्वरी गण बाँकेले बरामद गरेको हो ।


नेपालगञ्ज उपमहानगरपालिका १४ पिप्रहवाबाट असोज २५ गते करीव १ लाख ६६ हजार ८ सय रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद भएको छ ।

भारतबाट अवैध रुपले २ वटा साईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको लत्ताकपडा नं. ३० बागेश्वरी गण बाँकेले बरामद गरेको हो ।

बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

औंषधि व्यवसायलाई मर्यादित बनाउनु पर्नेमा जोड

२७ आश्विन २०८०, शनिबार १४:३४
नेपालगञ्ज : औषधि व्यवसायलाई मर्यादित बनाउन सम्बन्ध व्यवसायीका अगुवाहरुले जोड दिएका छन् । नेपाल औषधि व्यवसायी संघ बाँकेको दोस्रो जिल्ला अधिवेशनको उदघाटन समारोहमा बोल्ने संघको नेतृत्वमा रहनु भएका अगुवाहरुले औषधि व्यवसायलाई मर्यादित बनाउन जोड दिएका हुन् । औषधि व्यवसायलाई मर्यादित बनाउन सबै औषधि व्यवसायीको भूमिका महत्त्वपूर्ण हुने भएकाले त्यसैअनुसार आफ्नो […]