औंषधि व्यवसायलाई मर्यादित बनाउनु पर्नेमा जोड

सदरलाइन संवाददाता २७ आश्विन २०८०, शनिबार १४:५२
 

नेपालगञ्ज : औषधि व्यवसायलाई मर्यादित बनाउन सम्बन्ध व्यवसायीका अगुवाहरुले जोड दिएका छन् । नेपाल औषधि व्यवसायी संघ बाँकेको दोस्रो जिल्ला अधिवेशनको उदघाटन समारोहमा बोल्ने संघको नेतृत्वमा रहनु भएका अगुवाहरुले औषधि व्यवसायलाई मर्यादित बनाउन जोड दिएका हुन् ।
औषधि व्यवसायलाई मर्यादित बनाउन सबै औषधि व्यवसायीको भूमिका महत्त्वपूर्ण हुने भएकाले त्यसैअनुसार आफ्नो दायित्व र जिम्मेवारी निर्वाह गर्न उनीहरुले सुझाव दिए । औषधि व्यवसाय निकै संवेदनशील व्यवसाय भएकाले गुणस्तरीयतामा ख्याल गर्न पनि उनीहरूको जोड छ ।

सरकारले औषधि व्यवसायीका निमित्त बनाएका नीतिगत कुराहरुलाई सबै व्यवसायमाझ लैजानु पर्ने जरुरी रहेको पनि उनीहरुको भनाइ छ । संघले व्यवसायीका हकहितको सवालमा प्रभावकारी भूमिका निभाउनु पर्नेमा उनीहरु सहमत थिए । साथै उनीहरुले व्यवसायीक एकतामा भने जोड दिए ।

औषधि व्यवस्था विभागले दुःख दिएको भन्दै उनीहरुले आक्रोश समेत पोखेका थिए । विभागले अनुगमनका नाममा व्यवासायीलाई दुःख दिने काम गरेको उनीहरुको भनाइ छ । उनीहरुले गलत नगर्न व्यवसायीलाई आग्रह गर्दै व्यवसायीक इमानदारमा पनि जोड दिए ।

ञव्यवसायिक इमानदार हुने हो भने विभाग विरुद्ध लड्न सहज हुन्छ– उनीहरुको भनाइ छ । नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खण्डेलवालले संघले सरकारले ल्याउन लागेको औंषधि सम्बन्धि बिधेक व्यवसायिक हित विपरीत भएको बताए ।


उनले यस्ता बिधेकले औंषधि व्यवसाय बन्द हुने स्थिति रहेकाले संघले त्यसको प्रतिवाद गर्ने बताए । उनले चिकित्सक र स्वास्थ्यकर्मीमाथि भैरहेको दुर्ववहार प्रति खेद प्रकट गरे ।

कार्यक्रममा केन्द्रीय सचिब कृष्ण बहादुर रोकाय, केन्द्रीय सदस्य सरला कुमारी विष्ट, केन्द्रीय सदस्य भुवनेश्वर बुढामगर, संघका लुम्बिनी प्रदेश अध्यक्ष शिव ज्ञवाली, कोषाध्यक्ष सुदीप खड्का, नेपाल औंषधि व्यवस्था विभाग नेपालगञ्जका प्रमुख निनु श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यस्तै कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ रुपन्देहीका अध्यक्ष खड्क बस्नेत, बर्दियाका अध्यक्ष सुरेस कुमार रेग्मी, संघ दाङका अध्यक्ष बिष्णु पौडेल, सचिब सुनिल रेग्मी, नेपाल औषधि व्यवसायी संघ भेरीका पूर्व अध्यक्ष भारती जोशी, पिन नेपालगञ्जका सचिब बिशाल बिक्रम बर्मा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

अधिवेशनमा नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खण्डेलवाल, केन्द्रीय सदस्य भुवनेश्वर बुढामगर, संघका लुम्बिनी प्रदेश उपाध्यक्ष अभय कुमार बस्नेतलाई सम्मानित गरिएको थियो । संघका बाँके अध्यक्ष बसन्त कुमार शर्माको अध्यक्षतामा भएको उक्त अधिवेशनको सञ्चालन महासचिव जीवन शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके र बर्दियाका दुई लाखलाई पाइप प्रणालीको पानी सुविधा

२७ आश्विन २०८०, शनिबार १४:५२
नेपालगञ्ज : बाँके र बर्दियामा ५४ वटा खानेपानी आयोजना सम्पन्न भई पानी सञ्चालनमा आएको छ । बाँकेमा २८ र बर्दियामा २६ खानेपानी आयोजना सम्पन्न भई पानी वितरण शुरु भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगन्जका डिभिजन प्रमुख तिलक न्यौपानेले बताए । उनले आर्थिक वर्ष ०७९–०८० सम्म बाँकेका ९२ हजार ४२८ […]