जनताले बनाएको संविधान जनतालेनै संशोधन गर्ने : एमाले नेता पोख्रेल

१६ मंसिर २०७३, बिहीबार १३:१२
 

img_0001सदरलाइनडटकम
१६ मंसिर नेपालगन्ज : नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोख्रेलले नेपाली जनताले निर्माण गरेको संविधान नेपाली जनताले मात्रै संशोधन गर्ने अधिकार नेपाली जनता सग मात्रै भएको बताएका छन् ।
एमाले बाँकेले बिहीबार नेपालगन्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने–‘ नेपाललाई कहिल्यै शान्ति र स्थायित्व हुन नदिने षड्यन्त्र बाहिरबाट हुदै आएको छ त्यसैको एक रुप अहिलेको संविधान संशोधनको प्रस्ताव हो ।’
स्थायी समिति सदस्य पोख्रेलले भने,– अहिले संविधान संशोधन नेपाली जनताको माग होइन् । नेता पोख्रेलले जसका लागि संविधान संशोधन गर्ने भनिएको छ, उसैले नमाने पछि कसको आदेशमा किन संविधान संशोधन संशोधन गर्ने ।’ विगतमा नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी (केन्द्र)को सहमतीका आधारमा संविधान जारी गरिएको स्मरण गर्दै नेता पोख्रेलले अहिले तिनै दलको माग संशोधन नभएको दावी गरे ।

img_0003
संविधान संशोधन भन्दा पनि संविधान कार्यान्वयन अहिलेको प्रमुख आवश्यकता भएको बताउदै उनले संविधान संशोधनको औचित्य पुष्टि हुनुपर्ने बताए । नेता पोख्रेलले नेपाली जनताको चाहना तराई र पहाड अलग गर्नु भन्दा पनि तराई र पहाड मिलाउनुपर्छ भन्ने प्रबल रहेको बताए ।
प्रमुख प्रतिपक्ष बिनाको दुईतिहाईका आधारमा संविधान संशोधन गर्न खोज्नु मुलुकको हितमा नभएको दावी नेता पोख्रेलको छ । एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा एमाले बैकल्पिक केन्द्रीय सदस्य दिनेशचन्द्र यादवले ५ नम्बर प्रदेश कुनै पनि हालतमा अलग हुन नसक्ने दावी गरे । एमाले बाँकेका सचिव रत्न खत्रीको संचालनमा भएको कार्यक्रममा उपाध्यक्ष निरक गुरुङले स्वागत गरेका थिए ।


img_0008

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारले प्रस्ताव फिर्ता लिएर सहमतिको बाटो खोज्न आवश्यक छ : एमाले वरिष्ठ नेता खनाल

१६ मंसिर २०७३, बिहीबार १३:१२
सदरलाइनडटकम,  १८ मंसिर, नेपालगन्ज : नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले दर्ता गराएको संविधान संशोधनको प्रस्ताव फिर्ता नलिएर आफै तुहेर जाने बताएका छन् । प्रेस चौतारी नेपाल बाँकेले नेपालगन्ज विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका एमाले बरिष्ठ नेता खनालले संविधानको  विषयमा असंतुष्टि  जनाउदै […]