एक्लै चुनावी प्रतिस्पर्धामा जान काँग्रेस बाँकेको लबिङ

सदरलाइन संवाददाता १० भाद्र २०७९, शुक्रबार १७:०७
 

नेपालगञ्ज : नेपाली कांग्रेस, बाँकेले जिल्लाको तीन वटै निर्वाचन क्षेत्रमा एक्लै चुनावी प्रतिस्पर्धा गर्ने लबिङ गरेको छ । नेपाली कांग्रेस, बाँकेले शुक्रवार नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै बाँकेमा एक्लै लड्दा पनि सबै निर्वाचन क्षेत्रमा विजयी हुने बताएको छ ।

सत्तासीनको गठबन्धन हुँदा कांग्रेसले एउटा निर्वाचन क्षेत्र पाउने देखिन्छ । कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले स्थानीय तहको निर्वाचनको मतका आधारमा पार्टीले तीन वटै निर्वाचन क्षेत्रमा विजयी देखिएको बताउँदै केन्द्रमा एक्लै चुनाव लड्न लबिङ गरिरहेको जानकारी दिए ।

कांग्रेस बाँकेले केन्द्रले गठबन्धन गर्ने सहमति गरिसकेको र त्यही अनुसार जिल्लामा निर्देशन आएमा मान्ने जनाएको छ ।


यसैबीच, कांग्रेसले भदौ १० गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने ‘जनताको साथमा कांग्रेस’ भन्ने अभियान पनि शुरु गरेको छ । यस्तै नेपाली कांग्रेस, बाँकेले पत्रकार जे. पाण्डेलाई सम्मान गरेको छ ।

कान्तिपुर टेलिभिजनमा कार्यरत पाण्डे वरिष्ठ उपसम्पादकमा बढुवा भएकोमा कांग्रेसले सम्मान गरेको हो । कांग्रेस, बाँकेका सभापति नारायणप्रसाद गौडेलले पत्रकार पाण्डेलाई टीका लगाई खादा ओढाएर सम्मान गरे । सो अवसरमा कांग्रेस बाँकेले उपस्थित सबै पत्रकारलाई डायरी र कलम उपहार दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शनिवार कुसे औंसी, बुवाको मुख हेर्ने दिन

१० भाद्र २०७९, शुक्रबार १७:०७
नेपालगञ्ज : भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व शनिवार वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर यो पर्व मनाउँदैछन् । ब्राम्हणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको […]