बाटोमा फोहोर फाल्ने नन्दादेवीलाई दश हजार जरिवाना

सदरलाइन संवाददाता ११ पुष २०८०, बुधबार १३:५७
 

नेपालगञ्ज : औषधीजन्य फोहोर बाटोमा फाल्ने श्री नन्दादेवी कन्सर्न, नेपालगञ्जलाई दश हजार जरिवाना गरिएको छ ।

नन्दादेवीले म्याद नाघेका औषधीलगायतका फोहोर सुर्खेतरोडमा फालेको थियो । केही दिनदेखि सडकमा थुपारिएको फोहोर छरिएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाको टोलीले उक्त फोहोर देखेपछि सोधीखोजी गरेको थियो । जिल्ला प्रशासन कार्यालय, नेपालगञ्ज उपमहानगरपालिका, औषधी व्यवस्था विभाग, बाणिज्य कार्यालय, सुरक्षाकर्मीको उपस्थितिमा श्री नन्दादेवी कन्सर्नका सञ्चालक विजेन्द्रसिंह ठकुरीलाई पहिलो पटकलाई चेतावनी स्वरुप दश हजार जरिवाना गराइएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महशाखाका प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।


सडकमा फालिएको फोहोरलाई तीन घण्टाभित्र व्यवस्थापन गर्न निर्देशन दिइएको छ । विजेन्द्रको प्रिति मेडिसिन कन्सर्न पनि रहेको छ । यो कम्पनीलाई सचेत गराउदै केही दिन बिक्री वितरण नगर्न निर्देशन दिदै १३ गते औषधी व्यवस्था विभागमा बोलाइएको औषधी व्यवस्था विभागका फार्मेसी अधिकृत निरीक्षक दिपेन्द्रकुमार शाहले बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कडाई गर्दै गएको छ । फोहोर मैला व्यवस्थापन ऐन २०७५ को ‘घर कम्पाउण्ड तथा परिसरको फोहोर सडक वा अन्य सार्वजनिक स्थानमा राख्ने, फाल्ने वा थुपार्ने’लाई ५ हजारदेखि १५ हजार रुपैयासम्म जरिवाना रहेको एक नम्बर बुँदालाई टेकेर उपमहानगरपालिकाले कारबाही गरेको छ ।

औषधीजन्य फोहोरलाई अझ हानिकारक मानिन्छ । संवेदनशील मानिने यस्ता फोहोरलाई तोकेको ठाउँमा फाल्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँँसखोलीका जनताको माग बाटोघाटो, खानेपानी, शिक्षा र स्वास्थ्य

११ पुष २०८०, बुधबार १३:५७
नेपालगञ्ज : बाँकेको अति विकट तथा दुर्घम क्षेत्रको रुपमा पहिचान बनाएको बाँसखोली खयरभट्टीका स्थानीयले आफुहरुले राज्यको अनुभूति गर्न नपाएको सोही निर्वाचन क्षेत्रबाट लुम्बिनी प्रदेश सभामा निर्वाचति तथा लुम्बिनी प्रदेश सहरी विकास मन्त्री कृष्णा केसी नमुना समक्ष गुनासो गरेका छन् । मन्त्रीको सफथ लिएको दोस्र्रो दिन सो ठाँउ पुगेकी मन्त्री नमुना […]