अपांगता भएका ब्यक्तिको प्रजनन अधिकारका बारेमा नेपालगञ्जमा छलफल

सदरलाइन संवाददाता २५ आश्विन २०८०, बिहीबार १८:०२
 

नेपालगञ्ज : अपांगता भएका ब्यक्तिको प्रजनन अधिकारका बारेमा नेपालगञ्जमा अधिकारकर्मी, सञ्चारकर्मीबीच अन्तरक्रिया गरिएको छ ।

नेपाल परिवार नियोजन संघ बाँके शाखाको आयोजनामा बिहीबार गरिएको अन्तरक्रियामा अपांगता भएका व्यक्तिलाई राज्यले गरेको वर्गिकरण, उनीहरुको अवस्थालगायतको विषयमा छलफल भएको थियो ।

संघ बाँकेका कार्यालय प्रमुख रस्मी श्रेष्ठले परिवार नियोजन संघ बाँकेले अपांगता भएका व्यक्तिहरुको यौन तथा प्रजनन अधिकारको बारेमा समेत वकालत गर्दै आएको र यसका लागि सहजकर्तामार्फत विभिन्न गतिविधि सञ्चालन गरिएको जानकारी दिईन ।


नेपाल परिवार नियोजन संघ बाँकेले भेष्टोलिट्टो नामक अन्तराष्टिय संस्थाको सहयोगमा अपांगता भएका व्यक्तिहरुको यौन तथा प्रजनन अधिकारको बारेमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

उनले भनिन, सहजकर्ता मार्फत प्रजनन अधिकारको कुरा अपांगता भएका व्यक्तिसम्म पुराउदै उनीहरुको अधिकारको बारेमा जागरुक गर्दै आएका छौ । यसका लागि विभिन्न विषयमा कक्षा समेत सञ्चालन गर्दै आएका छौ ।

सो अवसरमा अपांगता अधिकारकर्मी सिता बोहराले अपांगता भएका व्यक्तिको पहिचान र उनीहरुको अवस्थाको बारेमा प्रस्तुतीकरण गरेकी थिईन । उनले राज्यका नीति तथा व्यवहारमा भएको र अपांगता भएका व्यक्तिले भोग्नु परेको समस्याको बारेमा आफ्नो प्रस्तुतीमा समेटेकी थिईएन ।

संघ बाँकेका सभापति बदु्रदुजा खाँको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बाँकेका प्रमुख द्धारिका अधिकारी, नेपाल पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष रुद्र सुवेदी, काँग्रेस बाँकेका सदस्य अमृतकुमार आचार्य, गौरी रिजाल लगायतले अपांगता भएका ब्यक्तिहरुको प्रजनन् अधिकार सुरक्षित बनाउन जोड दिईएको थियो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इजरायलबाट २५३ विद्यार्थी लिएर नेपालतर्फ उड्यो विमान

२५ आश्विन २०८०, बिहीबार १८:०२
काठमाडौँ  : सरकारले इजरायलबाट नेपाली विद्यार्थीहरुलाई आज नेपाल ल्याउँदैछ । यसक्रममा इजरायलमा अध्ययन गरिरहेका २५३ जना नेपाली विद्यार्थी बोकेको जहाज काठमाडौँका लागि उडेको छ । जहाजमा विद्यार्थीहरुलाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका थिए । इजरायलको तेल अभिभस्थित वेन गुरिओन विमानस्थलबाट जहाज उडेको परराष्ट्र मन्त्रालयले ट्वीट गरेर जानकारी दिएको छ । […]

सम्बन्धित