कोरोनाबाट बाँकेमा दुई जनाको ज्यान गयो

सदरलाइन संवाददाता २५ मंसिर २०७७, बिहीबार १४:२४
 

नेपालगञ्ज : बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । कैलाली र कन्चनपुरका एकएक जनाको कोरोनाबाट मृत्यु भएको हो ।

कञ्चनपुरको बेलौरी ९ का ४५ बर्षीय पुरुषको बुधवार राती र कैलालीको जमुनी २ का ६७ वर्षीय पुरुषको बिहीवार बिहान नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।


योसंगै बाँकेमा कोरोनाबाट १ सय ६ जनाको मृत्यु भएको छ । त्यसमध्ये बाँकेका ४० जना र बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ६६ जनाको मृत्यु भएको छ ।

Next Post

बाँकेमा बिहीवार बीस जना डिस्चार्ज

२५ मंसिर २०७७, बिहीबार १४:२४
नेपालगञ्ज : बाँकेमा बिहीवार २० जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बिभिन्न आइसोलेशनमा बसेका १३ पुरुष र ७ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ८ सय ९४ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आइसोलेशनमा अब बाँकेका […]

सम्बन्धित