प्रहरी प्रधान कार्यालयको २४ घण्टे र १२ घण्टेपत्रलाई धोती लगाउदै कमाउ धन्धामा प्रहरी वरिष्ठ साईसाव

सदरलाइन संवाददाता १५ आश्विन २०८०, सोमबार १३:३५
 

नेपालगञ्ज : प्रहरी प्रधान कार्यालयको २४ घण्टे र १२ घण्टे पत्रसहितको सरुवा पत्रलाई लत्याउदै बाँकेमा करिव दर्जन प्रहरी वरिष्ठ सई कमाउ धन्धामा लागेको पाईएको छ ।

शक्तिको आडमा प्रहरी वरिष्ठ सई प्रहरी प्रधान कार्यालयको सरुवा पत्रलाई लत्याई आलोपालोमा दह्रो कमाई हुने स्थान ईप्रका जमुनाह, वडा कार्यालय नेपालगञ्ज, हिरमिनियाँ, साईगाउ, धनौली, गनापुर, सम्झना, चिसापानी, भोजपुरजस्ता स्थानमा लामो समयदेखि जरो गाडेर बसेको पाईएको छ ।

प्रहरी प्रधान कार्यालयको मिति २०८० भदौ ५ गतेको पत्र अनुसार ईप्रका दमाचौर सल्यान सरुवा भएका प्रहरी वरिष्ठ सई मिनबहादुर विष्ट यतिबेला ईप्रका जमुनाहको ईन्चार्ज भई खटिएका छन् । दशैको मुखमा जमुनाह पुगेका उनको काम तस्करसंगको साँठगाँठ गरी सिमापारीको सामान वारी ल्याउन सघाईदिनु हो ।

उनी दोस्रोपटक जमुनाहको ईन्चार्ज भएर गएका हुन । यसअघि वडा प्रहरी, जिल्ला प्रहरी, जयसपुर, लगायत हुँदै पुनः जमुनाह पुगेका हुन । उनी पोष्टमा भन्दाबढी बाहिर नै बढी खटन पाटनमा हुने गरेको स्रोतले जनाएको छ । उनी त प्रतिनिधि पात्र मात्र हुन उनी जस्ता करिव दर्जनका हाराहारीमा प्रहरी प्रधान कार्यालयको २४ घण्टे, १२ घण्टे पत्रलाई धोती लगाई सरुवा भएको ठाँउमा हाजिर हुन नगई कमाउ धन्धामा लागेका छन ।


जमुनाहमा रहेको नेपालगञ्ज भन्सारको यात्रु शाखाले भारतबाट सर्वसाधारणले घरायसी कार्यको लागि ल्याएको रु सय भन्दा बढीको राजश्व लिने गरेको छ । तर, तस्करको सेवामा नेपाल प्रहरी र सशस्त्र प्रहरी नै खटिएपछि तस्करका लागि जमुनाह नाका सुनौलो अवसर बनेको छ ।

भ्रष्टाचार शुन्य सहनशिलता मूलमन्त्र मानेर जनताको सेवामा लाग्नु पर्ने प्रहरी नै तस्करको सेवामा समर्पण भएपछि सर्वसाधारणले के नै आशा गर्न सक्छन । ‘बाँकेमा आवश्यक जनशक्ति भन्दा कम प्रहरी भएकोले सरुवा भएको भएपनि काजमा पुनः थमौति गरी आलोपालो प्रणाली अनुसार ईन्चार्ज बनाएर पठाउने लिष्टमा काजमै रहेका बरिष्ठ सइसाव नै पर्नु पनि अचम्म लाग्दो छ’–स्रोतले भन्यो ।

 उसोत जिप्रका बाँकेमा प्रहरी बरिष्ठ सईको दरबन्दी १३ जनाको रहेपनि १८ जना कार्यरत रहेका छन् । उनीहरु मध्ये अधिकांश काज सरुवा मिलाएर कमाई हुने अड््डामा ईन्चार्ज वा दोस्रो बरियतामा बसेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाका मुद्दा चलाउने प्रहरी ईकाई १३ स्थानमा एक–एक जना गरी १३ जनाको दरबन्दी भएपनि जिल्लामा मात्र १८ जना प्रहरी वरिष्ठ सई काजमा रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा सामाजिक एकताका लागि सद्भावर्याली

१५ आश्विन २०८०, सोमबार १३:३५
नेपालगञ्ज  : बाँकेको नेपालगञ्जमा सामाजिक सद्भावलाई प्रगाढ बनाउने उद्देश्यले विभिन्न धर्मगुरु, जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा पेशकर्मीहरू सहितको सहभागितामा आज मंगलबार बिहान नेपालगञ्जमा सद्भाव ¥याली निकालिएको छ । नेपालगञ्जको वीपीचोकबाट निकालिएको सद्भाव ¥याली धम्बोझी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा विभिन्न धर्माका अनुयायी, राजनीतिक कर्मी, नागरिक समाज सम्मिलित […]