सदरलाइनडटकम,
नेपालगञ्ज :बाँकका थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नरैनापुर गाउँपालिका वडा नं. ५ मा ३ वर्षीय बालकसहित ५ जना १७ देखि ४० वर्षसम्मका र खजुरा वडा नं. ५ का २७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधवार बाँकेका ६ जनासहित देशभरका २५ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ भने ४५ जना उपचारपछि निको भएका छन् ।
