७ हजार घुससहित फरेष्टर यादव पक्राउ

२१ माघ २०७३, शुक्रबार ०९:०१
 

सदरलाइनडटकम 
२१ माघ, बर्दिया : सातहजार घुससहित बर्दियाका एक बन फरेष्टर अखितयारको पञ्जामा परेका छन् । निजि जग्गामा रहेको रुखमा टाँचा लागाउने बाहानामा सेवाग्राहीलाई विभिन्न झमेला लगाई घुस माग गरेपछि सेक्टर बन कार्यालय मैनापोखर बर्दियामा कार्यरत फरेष्टर शिवकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसंधान आयोग मध्यपश्चिम क्षेत्रीय कार्यालयको सम्पर्क कार्यालय कोहलपुरले सातहजार घुस सहित नियन्त्रणमा लिएर अनुसंघान अघि बढाएको छ ।
सेक्टर बन कार्यालय मैनापोखर बर्दिया फरेष्टर यादवले निजी आवादी जमिनमा रहेका रुखहरुमा टाँचा लगाउने प्रयोजनाको लागि विभिन्न बाहानमा सेवाग्राहीसंग घुस मागेको उजुरीको आधारमा गरिएको स्टींग अपरेशनमा यादवलाई रंङ्गेहात पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कुवेर सिंह कठायतले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसंधान आयोग मध्यपश्चिम क्षेत्रीय कार्यालयको सम्पर्क कार्यालय कोहलपुरको टोलीले यादव कै कार्यालय परिसरबाट शुक्रबार करिव १ बजे घुसको रकम सहित नियन्त्रणमा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रेस चौतारीको स्थापना दिवसमा ज्येष्ठ नागरिकलाई फलफूल बितरण

२१ माघ २०७३, शुक्रबार ०९:०१
सदरलाइनडटकम   २२ माघ, नेपालगन्ज : नेपाली पत्रकारहरुको अगुवा संगठन प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवशको अवसरमा प्रेस चौतारी बा“केले शनिवार नेपालगन्जमा घरपरिवारबाट बहिष्करणमा परेका बृद्धबृद्धाहरुलाई फलफुल बितरण गरेको छ । नेपालगन्जको गुरुद्वारास्थित निलसागर बृद्धाश्रममा एक कार्यक्रमको आयोजना गरी त्यहाँ रहेका १४ जना बृद्धबृद्धाहरुलाई फलफुल बितरण गरिएको हो । […]

सम्बन्धित