महंगी र कालाबजारी दसैको मुखमा गठबन्धन सरकारको उपाहार

सदरलाइन संवाददाता १४ आश्विन २०८०, आईतवार १२:०५
 

काठमाडौं : दशै नजिकिदै गर्दा सरकारले जनताको ढाड नै सेक्ने गरी हरेक उपभोग्य वस्तुमा मूल्यबृद्धि गरेको छ । शनिबार रातिदेखि लागू हुने गरी नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएर जनातालाई दशै उपाहार दिएको छ ।

सरकारले खाना पकाउने एलपी ग्यासको भाउमा अत्याधिक मूल्य वृद्धि भएको छ । निगमले शनिबार रातिदेखि नै लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर २ सय १५ रुपैयाँका दरले मूल्य बढाएको हो ।

यस्तै, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर २ रुपैयाँका दरले बढेको छ । भाउ बढेसँगै अब उपभोक्ताले एक सिलिन्डर ग्यासको २ हजार १ सय १० रुपैयाँ तिर्नुपर्ने भएको छ । यसैगरी, काठमाडौंमा पेट्रोलको प्रतिलिटर १ सय ८५ र डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर १ सय ७५ रुपैयाँ पुगेको छ ।

एक महिनाको अवधिमा खाना पकाउने ग्यासमा मात्रै ४ सय ५० रुपैयाँ मूल्य वृद्धि भइसकेको छ । आयल निगमले भने स्वचालित मूल्य प्रणाली लागू भएको बताएको छ । इन्डियन आयल निगमको नयाँ मूल्य सूचीकै आधारमा भाउ बढाइएको दाबी गरेको छ ।


ग्यासमा मात्र होइन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्वमा उपभोग्य बस्तुको मूल्यमा भारी बृद्धि भएको छ । यो सरकार बन्दा ग्यासको मूल्य १४ सय रुपैया रहेको थियो । अहिले २ हजार १ सय १० रुपैयाँ पुगेको छ ।

यस्तै सरकार बन्दा चामल प्रतिबोरा १६ सय ५० रुपैयाँ रहेकोमा अहिले २ हजार ५ सय पुगेको छ । यस्तै ३ सय रुपैयाँमा पाइने जिरा १ हजार ३ सय पुगेको छ । भने १४० रुपैयाँमा पाइने दाल २ सय ५० पुगेको छ । यस्तै ७० रुपैयाँमा पाइने चिनी अहिले १ सय ४० रुपैया पुगेको छ । तरकारीको मूल्यमा पनि भारी बृद्धि भएको छ ।

स्वचालित प्रणाली अनुसार भाउ बढ्दा बढाउने अनि घट्दा घटाउने गरिन्छ । पेट्रोलियममा भाउ वृद्धि हुँदा सार्वजनिक यातायातको भाडमा पनि प्रभाव पर्ने गरेको छ । यसैगरी, ढुवानी खर्च बढ्दा यसले समग्ररुपमै मूल्य वृद्धि गराउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश

१४ आश्विन २०८०, आईतवार १२:०५
हाङझाउ  : हाङझाउ एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पाखा लगाउदै क्वार्टार फाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को विजेता भन्दै नेपाल अन्तिम आठमा पुगेको हो । नेपालले अब अन्तिम आठमा भारत, पाकिस्तान, बंगालदेश र श्रीलंका मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ । लगातार दोस्रो खेलमा […]