राँझा विमानस्थलमा कोरोनाको परीक्षण शुरु

२२ फाल्गुन २०७६, बिहीबार १८:२८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोभिड १९ नामक कोरोना भाइरसका कारण नेपाल पनि उच्च जोखिममा परेपछि नेपालगञ्जस्थित राँझा विमानस्थलमा यात्रुहरुको परीक्षण शुरु गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले विमानस्थलमा ओहोरदोहोर गर्ने यात्रुहरुलाई दृष्टिगत गर्दै बिहान ५ देखि बेलुका साढे ९ बजेसम्म बिहीवार हेल्थ डेस्क स्थापना गरी कोरोनाको परीक्षण थालिएको हो ।
कोरोना भाइरसबाट संक्रमित शंकास्पद व्यक्ति भेटिएमा उनीहरुको व्यवस्थापन गर्नका लागि प्रमुख जिल्ला अधिरीकारीको संयोजकत्वमा प्रहरी, सेना, भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, उपमहानगरपालिका, स्वास्थ्य मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयबीच बिहीवार संयुक्त छलफल गरिएको उपमहानगरका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले बताए ।
उनले विमानस्थल मात्र नभएर नेपाल भारत सिमामा चार जना स्वास्थ्यकर्मी खटाएर उक्त सेवा प्रदान गरिरहेको जानकारी दिए । स्वास्थ्य परीक्षणका क्रममा त्यस्तो लक्षण नभेटिएपनि सामान्य रुघाखोकी लागेका दुईतीन जनालाई औषधि तथा परामर्श दिएर पठाइएको चन्दले बताए ।

Next Post

हात्तीपाईलेको औषधी सेवन दर बढ्यो

२२ फाल्गुन २०७६, बिहीबार १८:२८
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकामा यसवर्ष हात्तीपाईले रोगविरुद्धको आम औषधी सेवन गर्नेहरु बढेर ५२ प्रतिशत पुगेको छ । गतवर्षमा ३९ प्रतिशतले औषधी सेवन गरेकोमा यसवर्ष औषधी सेवन गर्नेहरुको संख्या बढेको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । आम नगरबासीलाई औषधी सेवनका लागि मेयर डा. धवलशम्शेर राणा र उपमेयर उमा […]

सम्बन्धित