एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश

सदरलाइन संवाददाता १४ आश्विन २०८०, आईतवार १२:२६
 

हाङझाउ  : हाङझाउ एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पाखा लगाउदै क्वार्टार फाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को विजेता भन्दै नेपाल अन्तिम आठमा पुगेको हो ।

नेपालले अब अन्तिम आठमा भारत, पाकिस्तान, बंगालदेश र श्रीलंका मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ । लगातार दोस्रो खेलमा जित निकाल्ने क्रमम नेपालले आइतबार झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित ग¥यो ।

यसअघि नेपालले पहिलो खेलमा मंगोलियामाथि कीर्तिमानी जित हात पारेको थियो। आइतबार नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स २ बल खेल्न बाँकी छदा ७४ रनमा अलआउट भयो । माल्दिभ्सका इस्माइली ३ रन र अजिन शून्यमा आउट भए । फरिदले १० रन जोडे भने घानी अब्दुलले सबैभन्दा बढी ३६ रन जोडे । घानीले ३४ बलमा २ चौका र २ छक्का हिर्काए । माल्दिभ्सका ६ ब्याट्सम्यान शून्यमा आउट भए ।


बलिङमा नेपालका अभिनास बोहराले ६ विकेट लिन सफल भए । उनले ३–४ ओभरमा ११ रन खर्चिए । सन्दीप लामिछाने, गुल्सन झा, सोमपाल कामी र कुशल भुर्तेलले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २१२ रन जोड्यो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे । उनले २७ बलमा समान ३–३ चौका र छक्काको मद्दतमा ५२ रन जोडेका थिए ।

गुल्सन झाले २१ बलमा १ चौका र ३ छक्काको मद्दतमा ३५ रन जोडे । कुशल मल्लले नटआउट ४७ रन जोडे । मल्लले २० बलमा ३ चौका र ३ छक्का हिर्काए । नेपालका ओपनर कुशल भुर्तेलले एलबिडब्लूको धरापमा पर्नुअघि १८ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३५ रन जोडे । त्यसअघि अर्का ओपनर आसिफ शेख ६ रनमै आउट भएका थिए ।

विनोद भण्डारी १५ बलमा १३ रन, सन्दीप जोरा ५ रन र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए । बलिङमा माल्दिभ्सका बाडेउले ३ विकेट लिन सफल भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिल्लामा प्रदेशका योजना कार्यान्वयन बारे प्रदेश सभा सदस्य खत्रीको चासो

१४ आश्विन २०८०, आईतवार १२:२६
नेपालगञ्ज  : बाँके निर्वाचन क्षेत्र नम्बर ३ (१) लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीले चालु आर्थिक वर्षमा विनियोजना भएका योजनाहरुको कार्यान्वयनको अवस्थाबारे जानकारी लिएका छन् । बाँके क्षेत्र नम्बर ३(१) बाट निर्वाचित प्रदेशसभा सदस्य खत्रीले आईतबार सडक पूर्वाधार विकास कार्यालय नेपालगञ्जमा पुगेर कार्यालय प्रमुख सिनियर डिभिजनल ईञ्जिनियर ललितबहादुर न्यौपानेसँग सडक र […]