बाँकेमा शुक्रवार २३ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता २२ आश्विन २०७८, शुक्रबार १५:३८
 

नेपालगञ्ज : बाँकेमा शुक्रवार थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९६ नमुना परीक्षण गर्दा थप २३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका मध्ये २ र ७ वर्षकी दुई बालिका पनि छन् ।

भेरी अस्पतालमा ५४ नमुना परीक्षण गर्दा १५ र मेडिकल कलेज कोहलपुरमा ३० नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको छ ।

बागेश्वरी ल्याबमा १२ नमुना परीक्षण गर्दा कसैमा पनि संक्रमण देखिएन । शुक्रवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ११ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २८४ पुगेको छ ।

यस्तै शुक्रवार थप ३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८७७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुबिसुको पर्व विषेश ‘दक्षिणा अफर’

२२ आश्विन २०७८, शुक्रबार १५:३८
नेपालगञ्ज  :  नेपालको सुचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लिले बडा दशैंको उपलक्ष्यमा ग्राहकहरु माझ सुबिसु ‘दक्षिणा अफर’ लिएर आएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले ५० एमबिपिएस इन्टरनेटको वार्षिक सेवा मात्र १३ हजार ९ सय ९९ मै प्राप्त गर्न सक्ने […]