एमालेमा ओलीको नेतृत्वले पार्टी एकमाने ढंगले बढ्यो :  प्रदेश अध्यक्ष शाह

सदरलाइन संवाददाता १० आश्विन २०८०, बुधबार १८:२३
 

सुर्खेत : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेपछि एमाले एक माने रुपमा अघि बढेको कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले बताएका छन् ।

कर्णाली प्रदेशको पहिलो अधिवेशनको उद्घाटन शत्रलाई संवोधन गर्दै प्रदेश अध्यक्ष शाहले यस्तो बताएका हुन । ‘विगतमा हाम्रो पार्टी एमाले भित्र विभिन्न खाने विभाजनका संकेतहरु देखि गर्थे तर हाम्रा श्रद्धय अध्यक्ष ओलीले पार्टीको नेतृत्व सम्हालेपछि एमाले वडादेखि केन्द्रीय सचिवालयसम्म एकमाने ढंगले अघि बढिरहेको छ’, कर्णाली प्रदेशसभाका सदस्य समेत रहेका अध्यक्ष शाहले भने ‘एमालेको नेतृत्वले एमालेका नेता र कार्यकर्ताको मात्रै होइन सम्पूर्ण नेपाली नागरिकमा आशा जगाउने काम भएको छ ।’

एमालेको एतिहाँसिक प्रथम अधिवेशनले समृद्ध कर्णाली निर्माण ठूलो योगदान गर्ने बताउदै अध्यक्ष शाहले देशको जर्बजस्त राजनीतिक शक्तिका रुपमा अघि बढेको एमालेको प्रथम अधिवेशनले कर्णालीको जीविन स्तरमा वृद्धिका लागि नयाँ अध्ययाय थप्ने कुरामा जोड दिए ।


सुर्खेतको सिटी हलमा शुरु भएको प्रदेश अधिवेशनलाई संवोधन गर्न एमाले अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशिनाथ अधिकारी लगायतका नेताहरु कर्णाली प्रदेश राजधानी सुर्खेत पुगेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले बागमती प्रदेश अध्यक्षमा दाहाल र ढुङ्गेलको उम्मेदवारी

१० आश्विन २०८०, बुधबार १८:२३
काठमाडौं :  नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका छन् । ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा वचन देउजा रहेका छन् भने । ढुंगेलका प्रस्तावक श्रेष्ठ रामेछाप जिल्ला अध्यक्ष र देउजा भक्तपुर जिल्ला अध्यक्ष हुन । त्यसैगरी दाहालको प्रस्तावकमा हिदम […]