गृहमन्त्रीको बाढी प्रभावित क्षेत्रमा हवाई निरिक्षण

२९ श्रावण २०७४, आईतवार २०:५२
 

सदरलाइनडटकम
२९ साउन, नेपालगन्ज : गृहमन्त्री जनार्दन शर्माले देशमा आएको महाविपत्तीको सामना सरकार एक्लै गर्न नसक्ने भन्दै सबैको साथ आवश्यक रहेको वताएका छन् । बाढीग्रस्त बाँके र बर्दिया जिल्लाको हवाइ निरीक्षणपछि सुरक्षा निकाय र प्रशासनलाई निर्देशन दिदै शर्माले बाढीबाट प्रभावितको उद्दार र राहत वितरणमा २४ सैं घण्टा खट्न निर्देशन दिए ।
उनले उच्च जोखिम रहेका क्षेत्रमा तत्काल हेलिकप्टरबाट पनि उद्दार गर्न र स्थानीय स्तरमा आवश्यक सामग्री खरिद गरेरै भए पनि नागरिकलाई राहत वितरण गर्न निर्देशन दिए । बाढीले वितण्डा मच्चाइरहेको बेला सवै नागरिकलाई आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न पनि गृहमन्त्रीले आग्रह गरे ।
गृहमन्त्री शर्माले अवरुद्ध सडक सुचारु गर्न सडक कार्यालयसँंग समन्वय गरेर सुचारु गर्ने कार्य भइरहेको बताए । झापादेखि बर्दियासम्म बाढीबाट नागरिक प्रभावित भएको जनाकारी दिएका गृहमन्त्री शर्माले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी अन्य नागरिकहरु उद्धारमा खटिरहेको बताए । गृहमन्त्रीले सीमावर्ती क्षेत्रका नदीहरूमा भारतले बनाएका बाधको ढोका खोल्न कुटनीतिक प्रयास भइरहेको जानकारी दिए ।
बाँकेको राप्ती नदि, मान खोला, डुडुवा खोला र किरणनालामा आएको बाढीले हजारौं घर डुवानमा परेका छन् भने कयौंको विचल्ली भएको छ । शुक्रबारदेखि वर्षाका कारण बाढी आएपनि विस्तारै घटदैछ ।
राप्ती नदीमा पानीको सतह ५ दशमलव ४० मिटर पुगेपछि खतरा मानिन्छ । शनिबार विहान पानीको सतह बढेर ८ मिटर पुगेपछि आसपासका दर्जनौं गाउँ डुबानमा परेका हुन्. ।
राप्तीमा पानीको सतह अहिले ६ मिटरमा रहेको छ । राप्तीमा बाढी आएपछि राप्ती सोनारीका वैजापुर, विनौना, फत्तेहपुर, मटेहिया, गंगापुर, होलियया लगायतका गाउ डुवानमा छन् । डुडुवा खोलाको सतह बढेपछि डुडुवा गाउँपालिकाका खालेमसहा, लालापुर लगायत गाउँ डुवानमा छन् ।
होलियाको चौफेरी, टेपरी, पिप्रहवा, खडैचा, बेतहनीको सन्तलिया, बेतहनी चौराहा, हलबलडोली, कटलिया, कम्दीको मसहा लगायतका स्थानमा बाढीले क्षति पुर्याएको छ । राप्ती नदिमा आएको बाढीले मात्र करिव ४ हजार बढी घर डुवानमा परेको अनुमान छ । बाढी कै कारण हिजोमात्र बाँकेमा ४ जनाको ज्यान गएको छ भने एक सय बढी पुशु चौपाया मरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राहत पुग्न थाल्यो बाढीले डुबेको गाउमा

२९ श्रावण २०७४, आईतवार २०:५२
सदरलाइनडटकम ३० साउन, नेपालगन्ज : बाँकेमा आएको बाढीले गाउँबस्ती जलमग्न भएपछि गासबास बिहीन हुन पुगेका बिभिन्न क्षेत्रका बाढी पीडितलाई राहत सामाग्री पु¥याउन थालिएको छ । सोमबार चिउरा, चाउचाउ, चीनी, पानी, जीवनजल र केही औषधी लिएर नेपाली सेनाको हेलिकप्टरले राहतको सामाग्री बोकेर बाढी प्रभावित बस्तीमा पुगेको हो । सोमबार मात्र हेलिकप्टर […]