योग गुरु भट्टराईको जन्मोत्सवमा रक्तदान

सदरलाइन संवाददाता ९ असार २०८०, शनिबार १७:१३
 

नेपालगञ्ज : योग समिति नेपालका योग गुरु गिरिराज भट्टराईको जन्मोत्सवको अवसरमा नेपालगञ्जमा रक्तदान कार्यक्रम गरिएको छ ।

जन्मदिनलाई बिशेष मनाउन तथा सामाजिक कार्यमा सहयोग पुर्याउन जन्मोत्सवको अवसरमा शनिबार रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

योग गुरु भट्टराई तथा नेपाल रेडक्रस सोसाईटी बाँके शाखा सभापति गोवर्धन सिंह सम्झानाले संयुक्त रुपमा रगत संकलन गर्ने प्याकेट रक्तदाता निर्मला शाह र अम्बिका कोईरालालाई हस्तान्तरण गरि कार्यक्रमको उदघाटन गरिएको थियो ।


जन्मोत्सवको अवसरमा रक्तदान समेत गर्नुभएका योग गुरु भट्टराईले स्वस्थ मानिसको शरीरमा प्रत्येक तीन तीन महिनामा पुरानो रक्तकोष नष्ट भइ नयाँ रक्तकोषिका निर्माण हुने भएकाले सबैले रक्तदान गरि समुदायका अन्य मानिसको ज्यान जोगाउन मद्दत पुर्याउन आवश्यक रहेको बताए ।

उनले तीन महिनामा स्वतः नष्ट हुने रगतलाई समयमै सदुपयोग गर्नका लागि रक्तदान गर्नु उत्तम हुने बताए । योग प्रशिक्षक प्रेम केसीको संयोजनमा भएको कार्यक्रममा ६० जना बढिले रक्तदान गरेका छन् ।

भेरी अस्पताल परिसरमा रहेको रक्त संचार सेवा केन्द्रमा भएको कार्यक्रममा समितिका सल्लाहकार अधिवक्ता बिश्वजित तिवारी लगायतको उपस्थिति रहेको योग प्रशिक्षक सुमित्रा सुबेदीले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको वडा नम्बर १ मा वृक्षारोपण

९ असार २०८०, शनिबार १७:१३
नेपालगञ्ज : नेपालगञ्जको वडा नम्बर १ मा आइतवार वृक्षारोपण गरिएको छ । वडा नम्बर १ को कार्यालय परिसर र वाटरपार्कस्थित ब्याडमिन्टन कोर्ट परिसरमा गुल्मोहर, जरकान्दा र कमलदासका ६० बिरुवा रोपिएको वडाध्यक्ष प्रमोद रिजालले बताए । नगर प्रमुख प्रशान्त विष्ट र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालको उपस्थितिमा वृक्षारोपण गरिएको हो । […]