चौधरी ग्रुपको बियर फ्याक्ट्रीमा भीषण आगलागी

सदरलाइन संवाददाता १९ जेष्ठ २०७८, बुधबार १६:५०
 

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकास्थित चौधरी उद्योग परिसरमा लागेका आगो नियन्त्रणमा आएको छ । बुधवार बिहान उद्योग परिसरभित्रको सिजी बु्रअरीमा लागेको आगो करिब पाँच घण्टामा पूर्णरुपमा नियन्त्रणमा आएको हो ।

नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनका सात दमकल, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरीसहितको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।


सिजी बु्रअरीको गोदाम घरमा लागेको आगो नियन्त्रणका लागि गोदाम घरका भित्तासमेत भत्काइएको थियो । आगो नियन्त्रणमा लिन र बढ्दै गएर कम्पनीको प्लान्ट भएको क्षेत्रमा नपुगोस् भनेर गोदाम घरको भित्तासमेत भत्काएर आगो नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

आगलागीबाट तयारी अवस्थामा रहेको बियर, अन्य पेय पदार्थ, उत्पादनका लागि राखिएका कच्चा पदार्थलगायत सामग्रीमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक गिरीले बताए । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने यकिन विवरण भने अझै नआएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा कल्पबृक्षको बिरुवा रोपिँदै

१९ जेष्ठ २०७८, बुधबार १६:५०
नेपालगञ्ज : हरित अभियान्ता हेमन्तराज काफ्लेले लोपउन्मुख विरुवाको पनि संरक्षण गर्न थालेका छन् । उनले यस्ता विरुवाहरुको खोजी गर्न थालेका छन् । अभियानअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित भगवती टोलमा रहेको भगवती मन्दिरमा उनले लोपउन्मुख कल्पबृक्षको बिरुवा लगाएका छन् । काफ्लेले विरुवा लगाउँदै गर्दा स्थानियहरुले पुजाँआजा गरेर खुसी व्यक्त […]