घाइतेको उपचार पहिलो प्राथमिकतामा : मन्त्री ज्वाला

सदरलाइन संवाददाता २२ कार्तिक २०८०, बुधबार १३:४४
 

नेपालगञ्ज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका भूकम्पका घाइतेलाई भेटेर उनिहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बुधबार भेरी अस्पताल पुगेका मन्त्री ज्वालाले घाइतेहरुलाई भेटेर उनिहरुको स्वास्थ्य अवस्था बुझ्नुका साथै चिकित्सकहरुसँग पनि उपचारका बारेमा जानकारी लिएका थिए ।

सो अवसरमा उनले घाइतेको उपचारलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जनाउँदै उपचारमा कुनै पनि कमी हुन नदिन निर्देशन दिए । मन्त्री ज्वालाले घाइतेको उपचारमा भेरी अस्पतालले देखाएको तदारुकता निकै सराहनीय रहेको जनाउँदै घाइतेहरुको अवस्था सामान्य रहेकोमा खुशी व्यक्त गरे ।

उनले भूकम्पपिडितको उद्धारको काम सकिएको र घाइतेको उपचार विभिन्न अस्पतालमा जारी रहेको जनाउँदै अब सरकारले राहात र पुनर्निर्माणमा केन्द्रित भएर काम शुरु गरेको बताए ।


भूकम्पमा भत्किएका घरहरुलाई अर्को भूकम्पमा नभत्किनेगरि बनाउने सरकारको लक्ष्य रहेको जनाउँदै त्यसका लागि विभिन्न कार्य भइरहेको मन्त्री ज्वालाले बताए ।

सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाह, उपचारमा संलग्न चिकित्सक लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्मार्ट टेलिकमको टावर राख्दा ठगिए डेढ दर्जन घरधनी

२२ कार्तिक २०८०, बुधबार १३:४४
नेपालगञ्ज : खारेजीमा परेको स्मार्ट टेलिकमले बाँके सहित बिभिन्न जिल्लाका डेढ दर्जन घरधनीलाई टावर राखे वापतको घरभाडा तिरेको छैन । लामो समयदेखि भाडा नपाएका ती घरधनीलाई यतिबेला विद्युत प्राधिकरणको एउटा पत्रले तनाव दिएको छ । स्मार्ट टेलिकमले टावरका लागि खपत गरेको विद्युत बक्यौता नतिरेको भन्दै बक्यौता असुलीका लागि लाइन काट्ने […]