रनियापुरबाट गोरुको मासुसहित एक जना पक्राउ

सदरलाइन संवाददाता ३ आश्विन २०८०, बुधबार १४:००
 

खजुरा (बाँके) : बाँकेको खजुरामा १ क्विन्टल बढी गोरुको मासुसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । खजुरा गाँउपालिका ८ रनियापुरबाट १ क्विन्टल बढी गोरुको मासुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनौलीको टोलीले बुधवार बिहान गोरुको टाउको सहित मासु, मासु ढुवानी गर्ने सवारी साधन र एकजना मासु कारोबार गर्ने ब्यक्तलाई पक्राउ गरेको हो ।


गाई काट्ने कार्यमा संलग्न ब्यक्ति भने प्रहरी पुग्नासाथ फरार भएको इलाका प्रहरी कार्यालय खजुराका प्रहरी निरीक्षक अशोक मल्लले बताए । उनले थप अनुसन्धान जारी रहेको भन्दै पक्राउ परेका ब्यक्तिको नाम खुलाउन मानेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सेन्ट्रल सिटी हस्पिटलमा अत्याधुनिक प्रविधिबाट पत्थरीको उपचार शुरु

३ आश्विन २०८०, बुधबार १४:००
नेपालगञ्ज : सेन्ट्रल सिटी हस्पिटल नेपालगञ्जले ‘रेट्रोग्रेड इन्ट्रा रेनल सर्जरी’बाट मिर्गौलाको पत्थरीको उपचार शुरु गरेको छ । मिर्गौलाको पत्थरीलाई बिना अप्रेशन यस प्रविधिको प्रयोगमार्फत् फुटाएर निकाल्ने गरिन्छ । यो प्रविधि पत्थरी अप्रेशनका लागि विश्वमै स्तरीय मानिन्छ । प्रविधिबारे जानकारी दिँदै अस्पतालका वरिष्ठ युरोलोजिष्ट डा.दिपेश गुप्ताले छिटो र सहज ढंगले अप्रेशन […]

सम्बन्धित