सेन्ट्रल सिटी हस्पिटलमा अत्याधुनिक प्रविधिबाट पत्थरीको उपचार शुरु

सदरलाइन संवाददाता ३ आश्विन २०८०, बुधबार १४:०९
 

नेपालगञ्ज : सेन्ट्रल सिटी हस्पिटल नेपालगञ्जले ‘रेट्रोग्रेड इन्ट्रा रेनल सर्जरी’बाट मिर्गौलाको पत्थरीको उपचार शुरु गरेको छ । मिर्गौलाको पत्थरीलाई बिना अप्रेशन यस प्रविधिको प्रयोगमार्फत् फुटाएर निकाल्ने गरिन्छ ।

यो प्रविधि पत्थरी अप्रेशनका लागि विश्वमै स्तरीय मानिन्छ । प्रविधिबारे जानकारी दिँदै अस्पतालका वरिष्ठ युरोलोजिष्ट डा.दिपेश गुप्ताले छिटो र सहज ढंगले अप्रेशन बिनानै पत्थरीको उपचार गर्न यो प्रविधिले मदत पुग्ने बताए । उनका अनुसार मिर्गौलाको पत्थरी फुटाएर निकाल्ने यस प्रविधिमा अप्टिकल फाइवरयुक्त दूरबिन प्रयोग गरी उपचार गरिन्छ ।


मूत्र नलीमार्फत अप्टिकल फाइवरयुक्त दूरबिन मिर्गौलासम्म पठाएर पत्थरी पत्ता लगाइने र लेजर प्रविधिबाट पत्थरीलाई फुटाएर निकालिने उनको भनाइ छ ।

यसअघि मिर्गौलामा हुने पत्थरीको उपचार नेफ्रोलिथोटोमी, पाइलोलिथोटोमी, ल्यापारोस्कोपी, एक्स्ट्रा कर्पोरियल सकवेभ लगायतका विधिबाट हुँदै आएको थियो । हस्पिटलले उच्च स्तरिय लेजर प्रविधि भित्र्याएर मुत्र रोग एवं मिर्गौला सम्बन्धि अप्रेशनको स्तरीकरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके जिल्ला अदालतमा मुद्दाको चाप

३ आश्विन २०८०, बुधबार १४:०९
नेपालगञ्ज : आर्थिक वर्ष २०७९/८० मा बाँके जिल्ला अदालतमा तीन हजार ७८९ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो आव २०७८/७९ बाट तीन हजार १५६ वटा मुद्दा जिम्मेवारीमा आएका थिए । गत आवमा कुल छ हजार ९४५ मुद्दामध्ये तीन हजार ७१५ वटा मुद्दाको टुङ्गो लागेको छ । तीन हजार २३० वटा मुद्दाको […]