सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल मुद्रण उद्योग संघ बाँकेले नेपाल मुद्रण उद्योग महासंघका नव निर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको छ । बाँकेको पर्यटकिय स्थल गाभर भ्यालीमा आयोजित भेटघाट तथा वनभोज कार्यक्रममा सो सम्मान गरिएको हो ।
नेपाल मुद्रण उद्योग संघ बाँकेका अध्यक्ष कुसुम बस्नेतको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि हालै सम्पनन केन्द्रीय महाधिवेशनबाट निर्वाचित महासचिव युवराज श्रेष्ठ, केन्द्रीय सदस्यद्वय मीना सुवेदी ढकाल र तपेन्द्र विक्रम शाहलाई दोसल्ला ओढाई सम्मान गरेका थिए ।
महासंघका महासचिव युवराज श्रेष्ठले संघमा आवद्ध ४५ जना सदस्यहरुलाई सदस्यताको प्रमाण पत्र वितरण गर्दै उनले नेपालभरका मुद्रण व्यवसायीहरुको हक हितको संरक्षण र उद्योग प्रवद्र्धनका लागि महासंघ क्रियाशील रहने बताए ।
नेपाल मुद्रण उद्योग संघ बाँकेका सल्लाहकार पूर्णलाल चुकेले बाँके जिल्लामा मुद्रण व्यवसायको अवस्था, संघको स्थापनाकालदेखि वर्तमानसम्मको गतिविधि बारेमा बोलेका थिए ।
सो अवसरमा महासंघका निवर्तमान उपाध्यक्ष अजय सिंह, केन्द्रीय सदस्य मीना सुवेदी ढकाल, संघका संस्थापक अध्यक्ष ज्योतिलाल भण्डारी, वनभोज कार्यक्रमका संयोजक नोखराज रावत लगायतले बोलेका कार्यक्रमको सञ्चालन संघका सचिव कृष्ण कँडेलले गरेका थिए ।
कार्यक्रममा क्षमता परिक्षण खेल, बिङ्गो खेल, घैटो फोड्ने खेल खेलाउनुका साथै नाचगान पनि गरिएको थियो । उक्त वनभोज कार्यक्रममा बाँके जिल्लाका चार दर्जन मुद्रण उद्योग व्यवसायीहरुको सहभागिता रहेको संघका उपाध्यक्ष चिन्तामणि उपाध्यायले बताए ।