तीजको आइतवार दर खाने दिन

सदरलाइन संवाददाता ३१ भाद्र २०८०, आईतवार १४:००
 

नेपालगञ्ज : हरितालिका तीजको अघिल्लो दिन आइतवार दर खाएर मनाइँदै छ । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न मीठा परिकार खाँदै रमाइलो गर्ने चलन छ ।

दर खाएको भोलिपल्ट (तीजको दिन) निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ ।


हरितालिका तीजको अघिल्लो दिन (एक दिन मात्र) दरखाने परम्परा रहे पनि बाँके लगायत शहरी क्षेत्रमा एक महिना अघिदेखि नै दर खाने र खुवाउने चलन चलेको छ । साथै विभिन्न संघसंस्था र कार्यालयहरुले तीज मिलन कार्यक्रम गर्ने चलन पनि चलेको छ ।

परापूर्व कालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पुरा भएको विश्वासका साथ विवाहित महिलाहरु पतिको सुवास्थ्य र दीर्घायूको कामना गर्दै तथा अविवाहिताहरु सुयोग्य बर पाउने कामना गर्दै तीजको व्रत बसी पूजा शिवको पूजा गर्ने चलन छ । पूजाआजा पछि महिला र पुरुषहरु भेला भएर तीजको गीत गाउँदै नाच्ने चलन पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा विद्यार्थीका लागि लागु औषधबारे सचेतना कक्षा

३१ भाद्र २०८०, आईतवार १४:००
नेपालगञ्ज : पछिल्लो समयमा बाँकेमा लागु औषधको सेवन तथा ओसारपसार बढ्दै गएपछि विद्यार्थीलाई कुलतबाट जोगाउन प्रहरीले विद्यालयमै पुगेर सचेत गराउन थालेको छ । खुला सिमानाका कारण नेपालगञ्ज र बाँकेका अन्य क्षेत्रहरु लागु औषध प्रयोग र बिक्री वितरणको उच्च जोखिममा रहेको जनाउँदै वडा प्रहरी कार्यालय नेपालगञ्जले लागु औषध दुर्व्यसन रोकथामसम्बन्धी चेतनामूलक […]