बाँकेमा विद्यार्थीका लागि लागु औषधबारे सचेतना कक्षा

सदरलाइन संवाददाता ३१ भाद्र २०८०, आईतवार १४:०६
 

नेपालगञ्ज : पछिल्लो समयमा बाँकेमा लागु औषधको सेवन तथा ओसारपसार बढ्दै गएपछि विद्यार्थीलाई कुलतबाट जोगाउन प्रहरीले विद्यालयमै पुगेर सचेत गराउन थालेको छ ।

खुला सिमानाका कारण नेपालगञ्ज र बाँकेका अन्य क्षेत्रहरु लागु औषध प्रयोग र बिक्री वितरणको उच्च जोखिममा रहेको जनाउँदै वडा प्रहरी कार्यालय नेपालगञ्जले लागु औषध दुर्व्यसन रोकथामसम्बन्धी चेतनामूलक अभियान सञ्चालन गरेको जनाएको छ ।

वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीले विद्यार्थी र युवालाई लागु औषधको दुर्व्यसनका बारेमा सेचत गर्न अति आवश्यक ठानेर सुमदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यो जनचेतनामूलक अभियान चलाइएको बताए । उनले यो अभियान अन्तर्गत जोखिम क्षेत्रका विद्यालयमा प्रहरीले पुगेर विद्यालयमा अध्ययनरत छात्र, छात्रा र शिक्षक शिक्षिकालाई लागु औषधबाट हुने हानि र त्यसका असरबारे जानकारी गराएर सचेत पार्ने कार्य शुरु गरिएको बताए ।

समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत सञ्चालन गरिएको ‘लागूऔषध दुर्व्यसन रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम’ अन्तर्गत नेपालगञ्ज ११ मा रहेको नारायण उच्चमाविमा सेचतनामूलक प्रशिक्षण गरिएको छ । सो कार्यक्रममा वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी सहायक निरीक्षक हिक्मतराज रेग्मीले कक्षा ९ र १० मा अध्ययनरत छात्रछात्रा र शिक्षकहरुलाई लागूऔषध दुर्व्यसन रोकथाम तथा नियन्त्रणसम्बन्धी प्रशिक्षण प्रदान गर्नुका साथै सचेतनामूलक पर्चा, पम्पलेट पनि वितरण गरे ।


उनले विद्यार्थी र युवाले लागु औषधको कुलतबाट बच्नुका साथै कतै कसैले सो प्रयोग गरेको वा ओसारपसार गरेकोबारे केही जानकारी हुनेबित्तिकै प्रहरीलाई जानकारी गराउन पनि आग्रह गरे ।

कक्षा ९ र १० का ५५ जना विद्यार्थीको सहभागिता रहेको सो कार्यक्रममा सहभागी अधिकांश छात्रछात्राले लागु औषधबाट जोगिने प्रतिबद्धता जनाउँदै अरुलाई पनि सो कुलतमा लाग्न नदिने प्रतिबद्धता जनाएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी सहायक निरीक्षक हिक्मतराज रेग्मीले बताए ।

खुला सिमानाका कारण सीमापारीबाट विभिन्न प्रकारका लागु औषध खरिद गरेर नेपाल ल्याउने कार्य दिनदिनै हुँदै आएको छ । प्रहरीले दैनिकजसो लागु औषध ओसार पसार र बिक्री गर्नेलाई पक्राउ गर्दै आएपछि अवैध रुपमा भित्रिने क्रम भने रोकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाल दिवसमा नातिया मुकाबला र वक्तृत्वकला प्रतियोगिता

३१ भाद्र २०८०, आईतवार १४:०६
नेपालगञ्ज : ५९औं राष्ट्रिय बाल दिवसको अवसरमा कतार च्यारेटी नेपाल र बाँके युनेस्को क्लबको समन्वयमा नेपालगञ्ज ५ स्थित साईनिंग फ्युचर एकेडेमीमा नातिया मुकाबिला र बाल अधिकार बारे वक्तृत्वकला प्रतियोगिताको सम्पन्न भएको छ । शाइनिंग बाल क्लबद्धारा आयोजना गरिएको नातिया मुकाबिलामा सो विद्यालयका विद्यार्थि शाहीन खान प्रथम, अब्दुल रज्जाक द्धितीय, शाहीन […]

सम्बन्धित